नयाँ टर्मिनल भवनको भौतिक प्रगति ८१ प्रतिशत « Khabarhub

नयाँ टर्मिनल भवनको भौतिक प्रगति ८१ प्रतिशत


१२ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशको सबैभन्दा ठूलो विराटनगर विमानस्थलको निर्माणाधीन नयाँ टर्मिनल भवनको भौतिक प्रगति ८१ प्रतिशत पुगेको छ ।

विमानका यात्रुको सुविधा र हितलाई ध्यानमा राखी निर्माण भइरहेको नयाँ भवन प्रविधिमैत्री र अत्याधुनिक रहनेछ । सन् १९५८ मा सञ्चालनमा आएको उक्त विमानस्थलको निर्माण कार्य भारतीय सरकार र कोरिया सरकारले सहयोगमा भएको थियो । 

झण्डै ६८ वर्ष पूरा गरेको उक्त विमानस्थलका टर्मिनललगायतका भौतिक संरचना भूकम्परहित बनाउने उद्देश्यले विसं २०७९ पुसमा रु तीन अर्ब १२ करोड लागतमा निर्माण सुरु गरेको थियो ।

तीनतले सो भवन १८ हजार वर्गमिटरको रहेको विमानस्थल कार्यालयका सूचना अधिकारी सञ्जीव खड्काले जानकारी दिए । कुल १२२ बिघा क्षेत्रफलमा रहेको विमान स्थलको ‘रनवे’ एक हजार ७७५ मिटर लम्बाइको छ । 

उक्त विमानस्थलमा हाल दैनिक २० देखि २५ वटा उडान हुने गरेको उनले बताए। विसं २०८३ पुसभित्रमा सम्पन्न गर्ने लक्ष्यकासाथ निर्माण कम्पनीले पछिल्लो समय द्रुतगतिमा काम गरिरहेको छ ।

हाल पाँच वटा जहाज पार्किङ गर्न सकिने उक्त विमानस्थलको नयाँ टर्मिनलसँगै निर्माणपछि सात वटा जहाजलाई पार्किङ गर्नसक्ने क्षेत्र विस्तार गरिने जनाइएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहिबार  २ : ०५ बजे

एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स

नेप्से परिसूचक ३१ अंकले बढ्यो

काठमाडौँ –  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड

काठमाडौँ– भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय

बनेपा बजार क्षेत्रको सडक निर्माण अघि बढ्यो

काठमाडौँ– लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत बनेपा

काठमाडौँ क्लाइमेट एक्सन विक-२०२६ र खबरहबबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ–  नेपालमा पहिलोपटक आयोजना हुन लागेको ऐतिहासिक नेपालको राष्ट्रिय जलवायु सप्ताह