इरानमाथि सम्भावित आक्रमणबीच पेन्टागनका वरिष्ठ अधिकारी हटाइए « Khabarhub

इरानमाथि सम्भावित आक्रमणबीच पेन्टागनका वरिष्ठ अधिकारी हटाइए


१२ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकाले इरानमाथि पुनः आक्रमण गर्ने सम्भावनाबारे विचार गरिरहेका बेला अमेरिकी युद्धमन्त्री पीट हेग्सेथले पेन्टागनका वरिष्ठ योजना अधिकारी लेफ्टिनेन्ट जनरल ब्रेट सिल्भियालाई पदबाट हटाएका छन् ।

सीएनएनका अनुसार संयुक्त चिफ्स अफ स्टाफअन्तर्गत रणनीति, योजना तथा नीतिका निर्देशक सिल्भियालाई हटाउनुको कारण सार्वजनिक गरिएको छैन ।

हेग्सेथले वरिष्ठ सैन्य अधिकारीहरूलाई पदबाट हटाउँदै आएको शृङ्खलाको पछिल्लो घटनाका रूपमा यसलाई हेरिएको छ । यसअघि उनले सेना प्रमुख जनरल र्‍यान्डी जर्ज, जनरल डेभिड होडन, नौसेना सचिव जोन फेलान तथा साइबर कमान्ड र राष्ट्रिय सुरक्षा एजेन्सीका प्रमुख जनरल टिमोथी हगलाई पनि पदबाट हटाएका थिए । जर्ज र हेग्सेथबीच इरानसँगको द्वन्द्वका विषयमा मतभेद रहेको विवरणसमेत सार्वजनिक भएको थियो ।

यसैबीच, इरानका सर्वोच्च नेता अयातुल्ला सैयद मोजताबा खमेनीले क्षेत्रीय रूपमा कायम ‘न युद्ध न शान्ति’ को अवस्था अन्त्य गर्न आह्वान गरेका छन् । इरानी राष्ट्रपति मसुद पेजेस्कियानले सम्भावित खतरा, प्रतिबन्ध र बाह्य दबाबको सामना गर्न राष्ट्रिय सहनशीलता बढाउनुपर्ने बताएका छन् ।

इरानी मन्त्रिपरिषद्को बुधबार बसेको बैठकमा वर्तमान अवस्थाको व्यवस्थापन र सम्भावित परिस्थितिको सामना गर्ने तयारीबारे छलफल भएको थियो । बैठकमा विदेशमन्त्री अब्बास अराघचीले कतारी प्रतिनिधिमण्डल र पाकिस्तानका सेना प्रमुखको भ्रमणलगायत कूटनीतिक गतिविधि तथा क्षेत्रीय परामर्शबारे प्रतिवेदन प्रस्तुत गरेका थिए ।

अमेरिका र इरानबीचको तनावका बीच सैन्य नेतृत्वमा भएको पछिल्लो परिवर्तन तथा इरानका कूटनीतिक गतिविधिलाई क्षेत्रीय परिस्थितिसँग जोडेर हेरिएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहिबार  २ : १६ बजे

एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स

नेप्से परिसूचक ३१ अंकले बढ्यो

काठमाडौँ –  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड

काठमाडौँ– भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय

बनेपा बजार क्षेत्रको सडक निर्माण अघि बढ्यो

काठमाडौँ– लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत बनेपा

काठमाडौँ क्लाइमेट एक्सन विक-२०२६ र खबरहबबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ–  नेपालमा पहिलोपटक आयोजना हुन लागेको ऐतिहासिक नेपालको राष्ट्रिय जलवायु सप्ताह