दक्षिण कोरियासँग तनाव बढ्दै जाँदा उत्तर कोरियाद्वारा १० क्षेप्यास्त्र प्रहार « Khabarhub

दक्षिण कोरियासँग तनाव बढ्दै जाँदा उत्तर कोरियाद्वारा १० क्षेप्यास्त्र प्रहार


१२ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सियोल- दक्षिण कोरियासँग तनाव बढिरहेका बेला उत्तर कोरियाले बिहीबार समुद्रतर्फ करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ।

सीमा क्षेत्रमा प्रचार प्रसारण पुनः सुरु गर्ने र नयाँ हतियार तैनाथ गर्ने चेतावनी दिएको केही दिनपछि उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको हो।

दक्षिण कोरियाली सेनाका अनुसार पूर्वी तटीय सहर वोनसनबाट प्रक्षेपण गरिएका क्षेप्यास्त्र पत्ता लगाइएको छ। सेनाले निगरानी बढाउनुका साथै अमेरिका र जापानसँग सूचनाको आदानप्रदान गरिरहेको जनाएको छ।

गत महिना बारुदी सुरुङ विस्फोटमा दक्षिण कोरियाका तीन सैनिक घाइते भएपछि दुई कोरियाबीच तनाव थप चुलिएको हो। दक्षिण कोरियाले सेप्टेम्बर २१ मा भएको विस्फोटका लागि उत्तर कोरियालाई दोष दिएको छ। तर, प्योङयाङले आफ्नो संलग्नता अस्वीकार गर्दै उक्साइएमा प्रतिकार गर्ने चेतावनी दिएको छ।

गत साता उत्तर कोरियाले दक्षिण कोरियाली सैनिकले सीमामा बारम्बार चेतावनीस्वरूप गोली चलाएको आरोप लगाउँदै सीमावर्ती क्षेत्रमा प्रचार प्रसारण पुनः सुरु गर्ने र नयाँ हतियार तैनाथ गर्ने बताएको थियो। सम्भावित सैन्य झडप रोक्न दक्षिण कोरियाले सीमा व्यवस्थापनसम्बन्धी वार्ताको प्रस्ताव गरे पनि उत्तर कोरियाले त्यसको जवाफ दिएको छैन।

पछिल्ला सातामा उत्तर कोरियाले पनडुब्बीबाट प्रक्षेपण गरिने क्रुज क्षेप्यास्त्र र हाइपरसोनिक क्षेप्यास्त्रसहित विभिन्न हतियार परीक्षण गर्दै आएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग कूटनीतिक संवाद पुनः सुरु गर्ने इच्छा व्यक्त गरेपछि प्योङयाङले अमेरिकासँग थप सहुलियत प्राप्त गर्न दबाब सिर्जना गर्न खोजेको विज्ञहरूको भनाइ छ।

यसैबीच, किमले शनिबार चीनको सीमावर्ती सहर डान्दोङको भ्रमण गरेका थिए। सन् २०११ को अन्त्यमा सत्तामा आएपछि उनको यो छैटौँ चीन भ्रमण भएको जनाइएको छ। कोरियाली युद्धका बेला चीनले उत्तर कोरियालाई दिएको समर्थनको स्मरण गर्दै किमले दुई देशबीचको ‘अजेय’ मित्रतालाई अघि बढाउने बताएका थिए। चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ अधिकारी वाङ हुनिङसँगको भेटमा पनि उनले द्विपक्षीय सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

युक्रेनविरुद्धको युद्धमा रुसलाई सैनिक तथा गोलाबारुद उपलब्ध गराउँदै आएको उत्तर कोरियाले पछिल्ला वर्षमा मस्कोसँगको सम्बन्धलाई प्राथमिकता दिँदै आएको छ। पछिल्लो समय भने किमले चीनसँगको सम्बन्ध पनि सुदृढ बनाउन पहल गरिरहेका छन्।

प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहिबार  २ : ३५ बजे

एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स

नेप्से परिसूचक ३१ अंकले बढ्यो

काठमाडौँ –  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड

काठमाडौँ– भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय

बनेपा बजार क्षेत्रको सडक निर्माण अघि बढ्यो

काठमाडौँ– लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत बनेपा

काठमाडौँ क्लाइमेट एक्सन विक-२०२६ र खबरहबबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ–  नेपालमा पहिलोपटक आयोजना हुन लागेको ऐतिहासिक नेपालको राष्ट्रिय जलवायु सप्ताह