अमेरिकाको निर्भरता घटाउन क्यानाडा–ईयू सहकार्य « Khabarhub

अमेरिकाको निर्भरता घटाउन क्यानाडा–ईयू सहकार्य


१२ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

टोरन्टो– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिबीच क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले युरोपेली सङ्घ (ईयू) सँग व्यापार, रक्षा र आर्थिक सहकार्य विस्तार गर्न पहल गरेका छन् । तर, क्यानाडालाई इयुको ‘सहयोगी सदस्य’ बनाउने प्रस्तावमा फ्रान्स र जर्मनीसहित केही सदस्य राष्ट्रले असन्तुष्टि जनाएका छन् ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन र युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टा मोन्ट्रियलमा आयोजित शिखर सम्मेलनमा सहभागी हुँदै छिन् । 

सम्मेलनमा व्यापार, रक्षा, प्रविधि, अनुसन्धान र महत्त्वपूर्ण खनिजमा सहकार्य बढाउने प्रस्ताव छ । कार्नीले साझेदारीको नामभन्दा त्यसबाट नागरिक, व्यवसायी र अनुसन्धानकर्ताले पाउने अवसर महत्त्वपूर्ण हुने बताएका छन् । 

ट्रम्पले प्रस्तावित सम्बन्धलाई ‘शत्रुतापूर्ण कार्य’ ठान्न सकिने र आवश्यक परे युरोपमाथि भन्सार शुल्क लगाउन सकिने चेतावनी दिए । क्यानाडाली अधिकारीहरूले भने इयुसँगको सहकार्य अमेरिकाविरुद्ध लक्षित नभई साझा हितमा आधारित रहेको बताएका छन् ।

क्यानाडाले थप ७२ अमेरिकी एफ–३५ लडाकू विमान खरिद गर्ने योजना पुनरावलोकन गर्दै स्विडेनको साब ग्रिपेनलाई विकल्पका रूपमा विचार गरिरहेको छ । सन् २०२५ मा क्यानाडाको कुल निर्यातको ७१.७ प्रतिशत अमेरिका गएको थियो । प्रधानमन्त्री कार्नीले आगामी दशकमा अन्य देशतर्फको निर्यात दोब्बर बनाउने लक्ष्य राखेका छन् ।

क्यानाडा र ईयूबीच डिजिटल व्यापार तथा महत्त्वपूर्ण खनिजमा लगानी बढाउने विषयमा पनि छलफल भइरहेको छ । प्रस्तावित साझेदारीले अमेरिकी अर्थतन्त्र र सुरक्षामाथिको निर्भरता घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहिबार  २ : ५८ बजे

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं– चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा

भोटेकोशी विपत्तिबारे बैंककमा उच्चस्तरीय क्षेत्रीय बहस, नेपाललाई ५३ देशको समर्थन

काठमाडौँ– नेपालले भोटेकोशी–त्रिशूली विपत्तिबारे थाइल्याण्डको राजधानी बैंककमा उच्चस्तरीय क्षेत्रीय बहस

मुस्ताङमा एक पथ प्रदर्शकको मृत्यु

मुस्ताङ– मनाङबाट राउन्ड अन्नपूर्ण चर्किय पदमार्गको थोरङ्ला पास गरी मुस्ताङ

एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स

नेप्से परिसूचक ३१ अंकले बढ्यो

काठमाडौँ –  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज