मुस्ताङमा एक पथ प्रदर्शकको मृत्यु « Khabarhub

मुस्ताङमा एक पथ प्रदर्शकको मृत्यु


१२ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– मनाङबाट राउन्ड अन्नपूर्ण चर्किय पदमार्गको थोरङ्ला पास गरी मुस्ताङ आइपुगेका एक पथ प्रदर्शकको मृत्यु भएको छ ।  

सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-३ का २७ वर्षीय लाक्चन्द्र कुलुङको मुस्ताङस्थित प्रदेश अस्पताल जोमसोममा उपचारका क्रममा बुधबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ईश्वर महतले जानकारी दिए । 

पथ प्रदर्शक कुलुङ हिमालयन हब एड्भेन्चर प्रालिमार्फत फ्रान्सका महिला पर्यटकलाई लिएर मनाङ हुँदै थोरङला पास पुगेर बुधबार राति मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-१ मुक्तिनाथ आइपुगेका थिए । 

सूचना अधिकारी महतका अनुसार कुलुङ मुक्तिनाथको एक होटलमा ‘वाथरुम’मा नुहाउन गएकामा लामो समयसम्म बाहिर ननिस्किएपछि होटलका सचालकले इलाका प्रहरी कार्यालय मुक्तिनाथलाई जानकारी गराएका थिए ।

 पथ प्रदर्शक कुलुङ ‘वाथरुम’मा अचेत अवस्थामा भेटिएका थिए । तत्काल उनलाई उपचारका लागि प्रदेश अस्पताल जोमसोम भर्ना गरिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहिबार  ४ : १४ बजे

चाडपर्वले चलायमान बन्दै अर्थतन्त्र, बजारमा बढ्यो किनमेल

धनुषा– दसैँ सकिएलगत्तै दीपावली, तिहार र छठ पर्व नजिकिएपछि मधेस

ट्रेन्ड र कन्टेन्टको अभाव पहिचान गर्न टिकटकको क्रिएटर इन्साइट्स विशेष फिचर

काठमाडौं– हामीमध्ये धेरैले कुनै न कुनै समयमा कन्टेन्ट क्रियट गर्ने

ग्रामीण पर्यटनको मुख्य आधार बन्दै घरबास

गुल्मी– स्थानीय परिकारको मौलिक स्वादसँगै गाउँको रहनसहन र परम्परागत कला–संस्कृतिको

अनुदानको रकम हिनामिनामा अख्तियारद्वारा मुद्दा दायर

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको कुशे गाउँपालिका-२ स्थित

सभामुख अर्याल र सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र