विश्वप्रकाशको आग्रह : कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राखेर अघि बढौँ « Khabarhub

विश्वप्रकाशको आग्रह : कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राखेर अघि बढौँ


१२ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राखेर अघि बढ्न आग्रह गरेका छन् । 

बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै शर्माले कांग्रेस केन्द्रीय कार्यसमितिको शपथ लिइरहँदा कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राख्नुपर्ने बताए ।

उनले आधुनिक, बदलिएको र बलियो कांग्रेस बनाएर समुन्नत नेपालको यात्रामा जान सबैको समान जिम्मेवारी रहेको उल्लेख गरे । 

संस्थागत, स्वाभिमानपूर्वक र सभापतिले बनाउने कार्ययोजना बमोजिम तोकिएको भूगोल र जिम्मेवारीमा रहेर काम सम्पादन गरी समयमै केन्द्रीय कार्यालयमा रिपोर्ट बुझाउनुपर्ने उनले बताए ।

त्यस्तै उनले आफूमाथि उठ्ने आलोचना र प्रश्नहरूलाई सकारात्मक रूपमा ग्रहण गर्दै गलत कुराको खण्डन स्वस्थ र विधिवत् प्रक्रियाबाट गर्नुपर्नेमा जोड दिए ।

वरिष्ठ उपसभापति शर्माले परिवर्तनको गम्भीर समस्यासँग जुध्नका लागि नव–निर्वाचित केन्द्रीय कार्यसमितिले सरकारसँग राम्रो ढङ्गले सहकार्य गर्ने प्रतिवद्धता जनाए । उनले सभापति गगन थापाको नेतृत्वमा संस्थागत, व्यवस्थित तथा प्रभावकारी टिम स्पिरिटका साथ अघि बढ्ने उल्लेख गरे । 

प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहिबार  ४ : ५५ बजे

जनता र पार्टीलाई जोड्न मंसिरभरि देशव्यापी अभियान सञ्चालन गर्छौँ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जनता र पार्टीलाई जोड्नका

सम्भावित अर्नव चक्रवात : यातायात सञ्चालनमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अर्नव चक्रवातबाट हुनसक्ने प्रभावलाई

एनपीएल तेस्रो संस्करण : सुदूरपश्चिमका ३० खेलाडी मैदानमा

महेन्द्रनगर– काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा सुदूरपश्चिम

८७ रन बनाएका विराटनगरका लोकेश पभेलियन फिर्ता

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

दाङमा तिहारका लागि फूल तयार, २५ लाखको कारोबार हुने आँकलन

घोराही– तिहार नजिकिएसँगै दाङमा सयपत्री फूल ढकमक्क फुलेका छन् ।