इजरायलमा नेतान्याहु पक्षलाई ५३ सिट « Khabarhub

इजरायलमा नेतान्याहु पक्षलाई ५३ सिट


१२ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इजरायलको संसदीय निर्वाचनमा करिब ९० प्रतिशत मतगणना हुँदा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । विपक्षी दलहरूले ६७ सिट पाए पनि उनीहरूबीचको विभाजनले सरकार गठन चुनौतीपूर्ण बनेको छ ।

‘द टाइम्स अफ इजरायल’ का अनुसार विपक्षी यहुदी नेतृत्वका दलले ४८ र अरब नेतृत्वका दलले १९ सिट प्राप्त गरेका छन् । यहुदी नेतृत्वका अधिकांश विपक्षी दल अरब नेतृत्वका दलसँग सहकार्य गर्न अनिच्छुक छन् । 

सैनिकसहितका मतदाताको बाँकी मतगणनाले अन्तिम परिणाम बदल्न सक्ने निर्वाचन अधिकारीहरूले बताएका छन् ।

विपक्षी नेता गदी आइसेनकोटले परिणामले नेतान्याहु सरकारप्रति जनताको अविश्वास देखाएको बताउँदै परिवर्तन र अनिवार्य सैनिक सेवाप्रति प्रतिबद्ध सरकार गठनका लागि प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् ।

यसैबीच, डेमोक्रेट्सका अध्यक्ष यायर गोलनले सरकार गठनका लागि विपक्षी दलका नेताहरूसँग वार्ता अघि बढाउने बताएका छन्। 

उनले अरब दलहरूलाई समेत गठबन्धनमा समेट्नुपर्ने धारणा राख्दै विवादास्पद न्यायिक सुधार रोक्न र युवामा भविष्यप्रतिको आशा जगाउन नयाँ सरकार आवश्यक रहेको बताएका छन् ।
 

प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहिबार  ५ : ५९ बजे

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित