जनता र पार्टीलाई जोड्न मंसिरभरि देशव्यापी अभियान सञ्चालन गर्छौँ : गगन थापा « Khabarhub

जनता र पार्टीलाई जोड्न मंसिरभरि देशव्यापी अभियान सञ्चालन गर्छौँ : गगन थापा


१२ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जनता र पार्टीलाई जोड्नका लागी मंसिर महिनाभरि देशव्यापी अभियान सञ्चालन गरिने बताएका छन्  ।

नयाँ कार्यसमिति सदस्यहरूको सपथ ग्रहणपछि पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा सभापति थापाले ’हामी तयार छौँ’ भन्ने सन्देशसहित मंसिर महिनाभरि देशव्यापी अभियान सञ्चालन गरिने बताएका हुन् । 

उनले छिटै पार्टीको पूर्ण बैठक बसेर रीतपूर्वक सबैको धारणा सुन्ने र त्यसका आधारमा ४ वर्षको क्यालेन्डर बनाएर अनुशासित रूपमा काम अगाडि बढाइने उल्लेख गरे । 

प्रतिपक्षको मुख्य जिम्मेवारी सरकारमाथिको निगरानी गर्नु भएकाले कानुनको शासन उल्लंघनविरुद्ध कांग्रेसले सशक्त रूपमा उभिएर यो भूमिका निर्वाह गर्ने उनले बताए । 

त्यस्तै उनले तिहार र छठलगत्तै लीडरशिप एकेडेमी , इलेक्सन ब्युरो र गभर्नन्स इन्स्टिच्युटले काम सुरु गर्ने जानकारी दिए । नेता/कार्यकर्ताको रुचिअनुसार कार्य विभाजन गरिने र सह–महामन्त्रीहरूलाई स्पष्ट कार्ययोजनाका साथ आवश्यक जिम्मेवारी तोकिने उनले जानकारी दिए । 

उनले हलभित्र सोफामा बसेर ताली बजाउने परम्परागत शुभकामना आदानप्रदान कार्यक्रमहरू अब नगर्ने घोषणा गरे । सरसफाइ, विपन्नलाई सहयोग वा अन्य समुदायसँग प्रत्यक्ष जोडिने रचनात्मक कार्यक्रमहरू आयोजना गरिएमा मात्र सहभागी हुन उनले निर्देशन दिए । 

प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहिबार  ६ : ३५ बजे

अनुशासन कडा बनाउने पहल गर्दै चिनियाँ कम्युनिष्ट पार्टी

काठमाडौं- चीनको सत्तारूढ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले बिहीबार बेइजिङमा सम्पन्न

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित