अफगानिस्तानमा मानव तस्करीको प्रयासबाट १२७ जनाको उद्धार « Khabarhub

अफगानिस्तानमा मानव तस्करीको प्रयासबाट १२७ जनाको उद्धार


१२ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा प्रहरीले मानव तस्करीको प्रयासबाट १२७ जनाको उद्धार गरेको छ । प्रान्तीय प्रहरी प्रवक्ता मावलवी गुल मोहम्मद कुद्रतले बिहीबार दिएको जानकारीअनुसार ती व्यक्तिलाई बुधबार उद्धार गरिएको हो ।

संदिग्ध तस्करहरूले ती व्यक्तिलाई निमरोज हुँदै अवैध रूपमा अफगानिस्तानबाहिर लैजान खोजेको प्रहरीले जनाएको छ । उनीहरूलाई ओसारपसार गर्न प्रयोग गरिएका पाँचवटा सवारीसाधनसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले थप विवरण सार्वजनिक नगरे पनि कसैलाई अवैध रूपमा सीमा पार गर्न नदिने र मानव तस्करीमा संलग्न व्यक्तिविरुद्ध कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

यसअघि गत साता पनि प्रहरीले निमरोज प्रान्तमा ८९ जनालाई अवैध रूपमा विदेश लैजाने प्रयास विफल पारेको थियो । उक्त घटनामा प्रहरीले मानव तस्करीमा संलग्न भएको आशंकामा तीन जनालाई पक्राउ गरेको थियो ।

युद्धबाट प्रभावित अफगानिस्तानमा गरिबी र बेरोजगारी व्याप्त रहेकाले धेरै नागरिक रोजगारीको खोजीमा अवैध बाटोबाट विदेश जाने क्रम जारी छ । यही अवस्थाको फाइदा उठाउँदै मानव तस्करहरूले मानिसलाई गैरकानूनी रूपमा देशबाहिर लैजाने प्रयास गर्दै आएका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहिबार  ६ : ४२ बजे

जनकपुरको चमत्कार अर्थात् राहुल यादव

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको डेब्यु खेलमा

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौँ- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

अनुशासन कडा बनाउने पहल गर्दै चिनियाँ कम्युनिष्ट पार्टी

काठमाडौं- चीनको सत्तारूढ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले बिहीबार बेइजिङमा सम्पन्न

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई