चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ « Khabarhub

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ


१२ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको संयुक्त प्रहरी टोलीले भरतपुर महानगरपालिका–१९ मा लागूऔषध बिक्रीवितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।
 
प्रहरीका अनुसार पक्राउ पर्नेमा लमजुङको दोर्दी गाउँपालिका–८ स्थायी घर भई हाल भरतपुर महानगरपालिका–१९ बस्ने ३१ वर्षीय सागर तामाङ, भरतपुर महानगरपालिका–२० बस्ने ३८ वर्षीय रोशन गुरुङ र भरतपुर महानगरपालिका–१९ बस्ने ४३ वर्षीय अमित लामा भन्ने ईश्वर लामा रहेका छन् ।
 
उनीहरूका साथबाट ४६ दशमलव ५५ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ, ३९ हजार ५०० नगद र एक थान ‘डिजिटल’ तराजुलगायत सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चन्द्र भूषण यादवले जानकारी दिए ।

निजहरूविरुद्ध लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहिबार  ७ : ०० बजे

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल

तीन महिनामै टिकटकले नेपालबाट हटायो २० लाखभन्दा बढी भिडियो

काठमाडौं – सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकमा

मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक तथा व्यापार महोत्सव’ हुँदै

काठमाडौं – काठमाडौंको चन्द्रागिरि नगरपालिका-६ मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक

जनकपुरको चमत्कार अर्थात् राहुल यादव

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको डेब्यु खेलमा

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौँ- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स