सोमपाल कामी बने ‘म्यान अफ द म्याच’ « Khabarhub

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’


१२ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत विराटनगर किंग्सविरुद्धको खेलमा ‘म्यान अफ द म्याच’ घोषित भएका छन् ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सोमपालले बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै कर्णालीलाई रोमाञ्चक जित दिलाएका थिए ।

विराटनगरले दिएको १८७ रनको लक्ष्य पछ्याएको कर्णालीले एक बल बाँकी छँदै सात विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । कर्णालीको जितमा कप्तान सोमपालले ३२ बलमा चार चौका र तीन छक्काको मद्दतमा अविजित ६२ रन बनाए ।

कर्णालीले सुरुवातमै पाँच विकेट गुमाएर दबाबमा परेको अवस्थामा सोमपालले पवन सर्राफसँग छैटौँ विकेटका लागि ६६ रनको साझेदारी गरेका थिए । पवनले २८ बलमा ३६ रन बनाएर आउट भए ।

त्यसपछि सोमपालले गुल्सन झासँग सातौँ विकेटका लागि अविजित ६४ रनको साझेदारी गर्दै टोलीलाई जितसम्म पुर्‍याए । गुल्सनले २१ बलमा अविजित २८ रन बनाए ।

यसअघि बलिङमा पनि सोमपालले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले चार ओभरमा ३३ रन खर्चिएर चार विकेट लिए । सोमपालले विराटनगरका लोकेश बम, आन्द्रे रसेल, एन्जेलो म्याथ्युज र चरिथ असलंकालाई आउट गराएका थिए ।

पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८६ रन बनाएको थियो । विराटनगरका लोकेश बमले सर्वाधिक ८७ रन बनाए पनि टोलीको जितका लागि पर्याप्त हुन सकेन ।

बलिङमा चार विकेट र ब्याटिङमा अविजित अर्धशतक बनाएका सोमपालले उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्दै कर्णालीलाई महत्त्वपूर्ण जित दिलाए ।

प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहिबार  ९ : ३५ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल