नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक ५ घण्टा बन्द हुने « Khabarhub

नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक ५ घण्टा बन्द हुने


१३ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दिउँसोको समयमा दैनिक ५ घण्टा बन्द हुने भएको छ ।

सडकखण्ड अन्तर्गत तुइनखोला क्षेत्रमा पहिरो पन्छाउने क्रममा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै आजदेखि बिहान ११ देखि अपराह्न ४ बजेसम्म दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरिने भएको हो । यो खण्डमा पहिरो रोकथामको काम हुनेछ ।

जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको सूचनाअनुसार आजदेखिअर्को सूचना प्रकाशित नभएसम्मका लागि उक्त सडकखण्डमा चल्ने सबै प्रकारका सवारीसाधनको आवागमन बन्द हुनेछ ।

चितवन, नवलपुर, बुटवल, दाङलगायत पश्चिम नेपाललाई संघीय राजधानी काठमाडौंसँग जोड्ने प्रमुख सडकखण्ड बन्द हुँदा यात्रु तथा सवारीसाधन प्रभावित हुनेछन् । 

प्रकाशित मिति : १३ मंसिर २०८३, आइतबार  ८ : ५६ बजे

पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब ११ करोडको लागतमा आधुनिक

नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक ५ घण्टा बन्द हुने

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दिउँसोको समयमा दैनिक ५ घण्टा बन्द

दशौँ राष्ट्रिय खेलकुद : आज आठ खेलमा प्रतिस्पर्धा हुँदै

सुर्खेत– कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज आठ

कांग्रेसको ‘हामी तयार छौँ अभियान’ अन्तर्गत आज अभिमुखीकरण कार्यक्रम

काठमाडौँ– नेपाली कांग्रेसले देशका ७५३ वटै पालिकामा सञ्चालन गर्ने ‘हामी

दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँ : लामिछाने

दैलेख– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दैलेखको