यामाहा फ्यासिनो १२५ एफआई हाइब्रिड सार्वजनिक, मूल्य कति होला ?  « Khabarhub

यामाहा फ्यासिनो १२५ एफआई हाइब्रिड सार्वजनिक, मूल्य कति होला ? 


१३ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  एमएडब्लू राइड्स प्रा. लि. अन्तर्गतको यामाहा नेपालले बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा यामाहा फ्यासिनो १२५ एफआई हाइब्रिड सार्वजनिक गरेको छ ।  यस अवसरमा आर्ट ग्यालरीलाई आकर्षक प्रदर्शनीस्थलका रूपमा सजाइएको थियो, जहाँ स्कुटरलाई व्यक्तित्व, सिर्जनशीलता र रुचिको अभिव्यक्तिका रूपमा प्रस्तुत गरिएको थियो ।

कार्यक्रमका सहभागीहरूले फरक–फरक व्यक्तित्व झल्काउने गरी सजाइएका फ्यासिनो हाइब्रिडका ६ वटा स्कुटरको प्रदर्शनी अवलोकन गरेका थिए । प्रत्येक स्कुटरको सजावटदेखि त्यस वरपरको वातावरणसम्ममा छुट्टै भाव र शैली प्रस्तुत गरिएको थियो । 

आगन्तुकहरूले एकपछि अर्को प्रदर्शनी अवलोकन गर्दै स्कुटरका विशेषताबारे जानकारी लिएका थिए र आफूसँग ज्यादा मेल खाने व्यक्तित्व पहिचान गर्ने प्रयास गरेका थिए । कार्यक्रममा काठमाडौंमा सक्रिय डिजिटल कन्टेन्ट क्रियटरहरू पनि सहभागी भएका थिए।सहभागीहरूले स्कुटरमा बसेर यसको नजिकबाट अनुभव लिएका थिए ।

कम्पनीका अनुसार फ्यासिनो हाइब्रिडमा १२५ सीसीको फ्युल इन्जेक्सनयुक्त इन्जिनसँगै यामाहाको स्मार्ट मोटर जेनेरेटर जडान गरिएको छ । यो इलेक्ट्रिक मोटरले इन्जिनलाई आवाज नगरी स्टार्ट गर्न मद्दत गर्छ र स्कुटर रोकिएको अवस्थाबाट अघि बढ्दा थप शक्ति पनि प्रदान गर्छ। यसले इन्धन खपत कम गर्न र माइलेज बढाउन मद्दत गर्छ। साथै, केवल ९८ किलोग्राम तौल भएको यसको हलुका बनावट, आरामदायी सिट र साइड स्ट्यान्डमा इन्जिन बन्द हुने स्विचले दैनिक प्रयोगलाई सहज र सुरक्षित बनाउँछन्।

यामाहा फ्यासिनो हाइब्रिडको विशेषता भनेको यसले चालकलाई आकर्षक डिजाइन र आधुनिक सुविधामध्ये कुनै एक मात्र रोज्न बाध्य बनाउँदैन। बरु, यसले चालकको व्यक्तित्वलाई अझ निखार्ने काम गर्छ। आकर्षक डिजाइन र हाइब्रिड प्रविधिको संयोजनले फ्यासिनो हाइब्रिडलाई कलात्मक र सहज रूपमा चलाउन सकिने स्कुटर बनाएको कम्पनीको दबी छ।

स्कुटर सार्वजनिक कार्यक्रममा बोल्दै एमएडब्लू राइड्सका अध्यक्ष विष्णु कुमार अग्रवालले भने, ‘हरेक चालकको आफ्नै व्यक्तित्व र मौलिक शैली हुन्छ। यामाहा फ्यासिनो हाइब्रिड आफ्नो छुट्टै पहिचान बनाउन चाहने र आफ्नो सवारीमार्फत मौलिकता झल्काउन चाहने सबैका लागि तयार गरिएको हो । हामी चाहन्थ्यौँ, उहाँहरू यहाँ आएर आफू सुहाउँदो व्यक्तित्व पहिचान गरेर स्कुटरलाई केवल एउटा उत्पादनका रूपमा नभई आफ्नो व्यक्तित्वको हिस्साका रूपमा पनि हेर्न सक्नुहोस्।’

कम्पनीका अनुसार फ्यासिनो १२५ एफआई हाइब्रिड अब नेपालभरका यामाहा शोरुम तथा डिलरहरूमा उपलब्ध  छ । फ्यासिनो ड्रमको मूल्य २,९९,९०० रुपैयाँ, फ्यासिनो डिस्कको मूल्य ३,२९,९०० रुपैयाँ र फ्यासिनो एसको मूल्य ३,५९,९०० रुपैयाँ तोकिएको छ ।  

प्रकाशित मिति : १३ मंसिर २०८३, आइतबार  १२ : १२ बजे

यामाहा फ्यासिनो १२५ एफआई हाइब्रिड सार्वजनिक, मूल्य कति होला ? 

काठमाडौं–  एमएडब्लू राइड्स प्रा. लि. अन्तर्गतको यामाहा नेपालले बबरमहलस्थित नेपाल आर्ट

ऊर्जा मन्त्रीले भने- यसै वर्ष गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य राखेका छौँ

बागलुङ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङको निसेलढोरमा यसै

नबिल बैंक दक्षिण साफा मेरिट अवार्डबाट सम्मानित

काठमाडौं– वित्तीय पारदर्शिता, जवाफदेहिता र संस्थागत सुशासनलाई आफ्नो कार्यसंस्कृतिको अभिन्न

लागूऔषधसहित चारजना पक्राउ

झापा–   लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको आरोपमा दुई युवतीसहित

सीजी इलेक्ट्रोनिक्स र हुलास फिनसर्भ हायर पर्चेज बीच ‘विश्वासको नयाँ हातेमालो’

काठमाडौं– सीजी इलेक्ट्रोनिक्स र हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल)