यस्तो बन्यो फुर्के खोलामा पन्टुन पुल « Khabarhub

यस्तो बन्यो फुर्के खोलामा पन्टुन पुल


१३ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धादिङको गजुरी गाउँपालिका–२ र सिद्धलेक गाउँपालिका–६ स्थित त्रिशूली नदी (फुर्केखोला)मा अस्थायी पन्टुन पुल जडान कार्य सम्पन्न भएको छ।

जिल्लाका १३ वटै स्थानीय तहको साझा पहल र लागत साझेदारीमा बर्दियाको कोठियाघाटबाट ल्याइएको पुल आइतबार तयार भएको हो।

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले फुर्केखोलाको पक्की पुल बगाएपछि सदरमुकाम धादिङबेँसीसहित उत्तरी क्षेत्रका आठ स्थानीय तहको राष्ट्रिय राजमार्गसँगको सहज सडक सम्पर्क विच्छेद भएको थियो।

पन्टुन पुल सञ्चालनमा आएपछि पहिलो चरणमा हलुका सवारीसाधन तथा अत्यावश्यक सेवाका सवारीसाधनलाई आवागमनको अनुमति दिइनेछ। त्यसपछि प्राविधिक मापदण्ड र भारवहन क्षमताको परीक्षणका आधारमा क्रमशः अन्य सवारीसाधन सञ्चालन गर्नेबारे निर्णय गरिने पुलका प्राविधिक शशिशेखर वाग्लेले बताए ।

उनका अनुसार अत्यधिक भार भएका हेभी सवारीसाधनका हकमा भने तोकिएको क्षमताअनुसार अधिकतम १० टनसम्मका सवारीसाधनलाई मात्र सञ्चालन गर्न दिइनेछ।

पन्टुन पुलको ढुवानी, एप्रोच सडक निर्माण, रङरोगन तथा जडानलगायतका काममा करिब ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। उक्त खर्च धादिङका १३ वटै स्थानीय तहले संयुक्त रूपमा लागत साझेदारी गरी व्यहोर्ने जनाएको छ
।
तस्बिरहरु : हीरालाल गुरुङ/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १३ मंसिर २०८३, आइतबार  ८ : ०३ बजे

यस्तो बन्यो फुर्के खोलामा पन्टुन पुल

काठमाडौं– धादिङको गजुरी गाउँपालिका–२ र सिद्धलेक गाउँपालिका–६ स्थित त्रिशूली नदी

सार्वजनिक मर्यादाविपरीत क्रियाकलाप गर्ने पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा रहेका स्पा तथा मसाज सेन्टरमा व्यावसायिक

शिक्षकलाई राजनीतिक र राष्ट्रिय भूमिकामा अवसर दिन प्रचण्डको आग्रह

नारायणगढ– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकको अनुभव, क्षमता

कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई प्राथमिकता दिन्छौँ : सभामुख

चितवन– सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रका समस्या, आवश्यकता र सुझावलाई