अमेरिकाको बैंकिङ क्षेत्रमा धक्का, युनाइटेड फिडेलिटी बन्द « Khabarhub

अमेरिकाको बैंकिङ क्षेत्रमा धक्का, युनाइटेड फिडेलिटी बन्द


१३ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी नियामक निकायले युनाइटेड फिडेलिटी बैंक बन्द गर्दै आफ्नो नियन्त्रणमा लिएको छ। निक्षेपकर्ताको मागअनुसार रकम भुक्तानी गर्न नसक्ने जोखिम बढेपछि बैंक बन्द गरिएको हो। यो सन् २०२४ यताकै सम्पत्तिका आधारमा अमेरिकाको सबैभन्दा ठूलो बैंक विफलता हो ।

इन्डियानाको इभान्सभिलमा मुख्यालय रहेको बैंकका अमेरिका तथा यूएस भर्जिन आइल्यान्ड्ससहित पाँच क्षेत्रमा २२ वटा शाखा सञ्चालनमा थिए। फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसन ९एफडीआईसी० का अनुसार बैंकका सम्पूर्ण निक्षेप तथा सम्पत्ति अब फर्स्ट सिटिजन्स बैंकले अधिग्रहण गर्नेछ।

बन्द भएका शाखाहरू सोमबारसम्म फर्स्ट सिटिजन्स बैंकका रूपमा पुनः सञ्चालनमा आउनेछन्। ग्राहकका बैंक खाता पनि स्वतः नयाँ बैंकमा स्थानान्तरण गरिनेछन् ।

एफडीआईसीका अनुसार गत सेप्टेम्बरको अन्त्यसम्म युनाइटेड फिडेलिटी बैंकसँग करिब ५ अर्ब ९० करोड अमेरिकी डलर बराबरको सम्पत्ति र ५ अर्ब ४० करोड डलर निक्षेप थियो ।

नियामक निकायले बैंकका निक्षेपकर्ताको रकम सुरक्षित रहेको जनाएको छ। अमेरिकी निक्षेप बीमा व्यवस्थाअनुसार प्रतिखातावालाको २ लाख ५० हजार डलरसम्मको निक्षेप बीमित हुन्छ ।

अमेरिकी ट्रेजरी विभागअन्तर्गतको मुद्रा नियन्त्रक कार्यालयले बैंकको अवस्था असुरक्षित रहेको निष्कर्ष निकालेपछि बन्द गर्ने निर्णय गरिएको हो । यसअघि सन् २०२४ मा फिलाडेल्फियास्थित रिपब्लिक फर्स्ट बैंक करिब ६ अर्ब डलर सम्पत्तिसहित बन्द भएको थियो।

एफडीआईसीले युनाइटेड फिडेलिटी बैंक बन्द हुँदा निक्षेप बीमा कोषलाई करिब १ अर्ब ८३ करोड डलर घाटा हुने अनुमान गरेको छ। उक्त कोष बैंकहरूबाट संकलित रकममार्फत सञ्चालन हुन्छ।

प्रकाशित मिति : १३ मंसिर २०८३, आइतबार  १० : ४६ बजे

अमेरिकाको बैंकिङ क्षेत्रमा धक्का, युनाइटेड फिडेलिटी बन्द

वासिङ्टन – अमेरिकी नियामक निकायले युनाइटेड फिडेलिटी बैंक बन्द गर्दै

गोप्य सूचना चुहावट गर्नेलाई कारबाही गर्ने प्रहरीको चेतावनी

काठमाडाैं – नेपाल प्रहरीले अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना तथा विवरण

धादिङमा ६५ वर्षीय वृद्धको हत्या आरोपमा छिमेकी पक्राउ

धादिङ – धादिङको गजुरी गाउँपालिका–८ कटुन्जेमा ६५ वर्षीय हरिबहादुर ढुंगानाको

रारा संरक्षणमा योगदान पुर्‍याएका बिर्खबहादुर रोकाया त्रिविबाट सम्मानित

काठमाडौं – रारा क्षेत्रको जैविक विविधता, वन्यजन्तु संरक्षण तथा स्थानीय

विश्वभर फेरि फैलिँदै दादुरा, खोपको कमी मुख्य कारण

जेनेभा – विश्वभर दादुरा रोग नियन्त्रणका लागि हासिल गरिएका उपलब्धि