राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै « Khabarhub

राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक आज बस्दैछन् । आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान सवा १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा नालापानी युद्धमा सुवेदार दयाराम खड्काको योगदान सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

बैठकमा राष्ट्रियसभाका उपाध्यक्ष, विधायन व्यवस्थापन समितिका सभापति र इतिहासविद प्राध्यापक डाक्टर श्रीराम प्रसाद उपाध्यायलाई आमन्त्रण गरिएको छ ।

यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन २०८२ को बारेमा छलफल हुनेछ ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  ८ : ५८ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १२ अर्ब ४३

चलायमान बन्दै कोरला नाका, राजस्व बढ्ने निश्चित

मुस्ताङ– तीन वर्षअघि नेपाल–चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङको लोमान्थाङ र

कृष्णभीरको पहिरोले हेटौँडा-काठमाडौं सडकमा सवारीको चाप (तस्बिरहरू)

काठमाडौं– कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा–

युएई तेस्रोपटक एसिसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ – युनाइटेड अरब इमिरेट्स (युएई) तेस्रो संस्करणको एसिसी प्रिमियर

काठमाडौं उपत्यकामा मंसिर १ देखि मासु पसल इजाजत नलिई सञ्चालन गर्न नपाइने

काठमाडौं– काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले काठमाडौं उपत्यकाभित्र मासु