पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’ « Khabarhub

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पाल्पा– जिल्ला सुरक्षा समिति पाल्पाले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको पाल्पामा २९ मतदानस्थललाई अति संवेदनशीलको सूचीमा समावेश गरेको छ ।

प्रमुख जिल्ला अधिकारी विनु कुँवरका अनुसार क्षेत्र नम्बर १ मा २० र क्षेत्र नम्बर २ मा नौ वटा मतदानस्थल संवेदनशील छन् । यहाँ ११८ मतदानस्थल र २५१ मतदान केन्द्र निर्धारण भएका छन् ।

पाल्पामा दुई लाख सात हजार ४३६ कूल मतदातामध्ये क्षेत्र नम्बर १ मा ९८ हजार ३८३ र क्षेत्र नम्बर २ मा एक लाख नौ हजार ५३ मतदाता छन् । कूल मतदातामा तीन हजार ६५० महिला पुरुषभन्दा बढी छन् । अघिल्लो निर्वाचनमा भन्दा यसपटक ६ हजार ११० जना मतदाता थपिएका छन् ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  ९ : २७ बजे

उपत्यकामा ‘उज्यालो नेपाल’को चुनावी यात्रा प्रारम्भ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसहित काठमाडौं उपत्यकाका सो

बेलायत–चीन सम्बन्ध सुदृढ गर्ने सहमति

एजेन्सी– बेलायत र चीनका नेताहरूले बढ्दो विश्वव्यापी अनिश्चितताको पृष्ठभूमिमा दुई

म्याग्दीको लुलाङमा एक सातादेखि विद्युत सेवा अवरुद्ध

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङ एक हप्तादेखि विद्युत सेवा अवरुद्ध

हिमपातपछि मुक्तिनाथ मन्दिर परिसर सुनसान, कागबेनीमै रोकिए दर्शनार्थी

मुस्ताङ– भारी हिमपात भएपछि यहाँको वारागुङ मुक्तिक्षेत्र—१ स्थित मुक्तिनाथ मन्दिर

७८ वर्षमा नागरिकता पाएपछि कपलेश्वरीले भनिन्, ‘अब ढुक्कले मर्छु’

सिरहा– अठहत्तर वर्षको उमेर, चाउरिएका गाला र थकित अनुहार । बुढेसकालमा