काठमाडौं – काठमाडौँको दरबारमार्ग क्षेत्रमा रहेको एक होटलमा आगलागी भएको छ।
बिहीबार बिहान क्लबको बोर्ड सर्किट भएर आगलागी भएको हो । आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी तथा काठमाडौँ महानगरपालिकाका चार वटा दमकल घटनास्थलमा खटिएका छन् । दमकल र सुरक्षाकर्मीको सक्रिय प्रयासपछि आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको छ।
हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन भने आगलागीको कारण र क्षतिको यकिन विवरण आउन बाँकी रहेको छ ।









































प्रतिक्रिया