सीटी स्क्यान खरिद प्रकरण : पूर्वउपकुलपति भण्डारीसहित १९ जनाविरुद्ध ७ करोडको बिगो दाबी « Khabarhub

सीटी स्क्यान खरिद प्रकरण : पूर्वउपकुलपति भण्डारीसहित १९ जनाविरुद्ध ७ करोडको बिगो दाबी


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कम गुणस्तरको सिटी स्क्यान मेसिन खरिद गरी आर्थिक अनियमितता गरेको आरोपमा प्रतिष्ठानकी तत्कालीन उपकुलपति प्रा.डा. संगीता सिंह भण्डारीसहित १९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बिहीबार अख्तियारले प्रा.डा. भण्डारीविरुद्ध ७ करोड ३१ लाख ८२ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

डा. भण्डारीसँगै प्रतिष्ठानका तत्कालीन कामु रजिष्ट्रार कैलाश प्रसाद देव, निर्देशक डा.सागर पन्थी, रेडियोलोजी विभागका प्रमुख डा. बोम बिसी, बायोमेडिकल इन्जिनियर शरद भण्डारी, बायोमेडिक इन्जिनियर आशुतोष भण्डारी, कन्सल्टेन्ट बायोमेडिकल इन्जिनियर अमित कुमार चौधरी, लेक्चचर डा.श्रीसिया पोखरेल विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ । 

यसैगरी, अधिकृतहरु झन्कार लामिछाने, लीलाकुमारी देवकोटा र मेघबहादुर अधिकारी, आईटी अधिकृत हिरालाल भण्डारी, लेखा अधिकृत राजीव बस्नेत, फार्मेसी सुपरभाइरजर कृष्णप्रसाद जोशी, स्टाफ नर्स विन्दु पौडेल, फिजियोथेरापिष्ट पूजा ठाकुर, कम्प्युटर असिस्टेन्ट सतिशबहादुर शाह र हिमालय मेडिटेक प्रा.लि.का अमर श्रेष्ठ र सन्जु राजकर्णिकार विरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर भएको छ । 

भ्रष्टाचारको आरोपमा मुद्दा दायर भएकाहरूमध्ये कतिलाई एकल रुपमा र कतिबाट संयुक्त रूपमा ७ करोड ३१ लाख ८२ हजार रुपैयाँ  बिगोसहित कानुनअनुसार कारबाहीको माग गरिएको छ । 

अख्तियारले खरिद आवश्यकताको पहिचान एवं खरिद गुरुयोजना नै नबनाई बनाउन नलगाउने लगायतको खरिद कारबाहीको तयारी नगरी खरिद कार्य अगाडि बढाएको आरोप मुद्दामा लगाएको छ ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  ३ : ५९ बजे

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ