भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी « Khabarhub

भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत सरकारले नेपाललाई निर्वाचन तयारीका लागि उपलब्ध गराउँदै आएको सहयोगको दोस्रो चरणमा २५० भन्दा बढी गाडी हस्तान्तरण गरेको छ।

बिहीबार ‍सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकारलाई २५० भन्दा बढी सवारीसाधन औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।

कार्यक्रममा अर्थमन्त्री रामेश्वरप्रसाद खनालको उपस्थितिमा भारतका कार्यवाहक राजदूत डा. राकेश पाण्डेयले सवारीसाधन हस्तान्तरण गरेका हुन्।

ती सवारीसाधन आगामी निर्वाचनको तयारीका लागि नेपाल सरकारले माग गरेको सहयोगअन्तर्गत प्रदान गरिएको भारतीय दूतावासले जनाएको छ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले भारत–नेपालबीचको दीर्घकालीन सहकार्य र मैत्रीपूर्ण सम्बन्धको चर्चा गर्दै सहयोगका लागि भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिएका छन्। उनले निर्वाचन तयारीमा यस सहयोगको महत्व रहेको पनि उल्लेख गरे।

यसअघि भारत सरकारले निर्वाचनसम्बन्धी सहयोगको पहिलो चरण २० जनवरी २०२६ मा नेपाललाई हस्तान्तरण गरेको थियो। भारतीय दूतावासका अनुसार आगामी हप्ताहरूमा चरणबद्ध रूपमा थप सामग्रीहरू पनि उपलब्ध गराइनेछ।

भारतले निरन्तर प्रदान गर्दै आएको सहयोगले दुवै देशबीचको बहुआयामिक विकास साझेदारी मात्र होइन, भारत र नेपालका जनताबीचको गहिरो आपसी विश्वास र मित्रतालाई समेत प्रतिबिम्बित गर्ने दूतावासको भनाइ छ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  ४ : १५ बजे

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने

भाम बर्लिन फिल्म फेस्टिभलको जुरी सदस्य बनेपछि बोर्डको बधाई

काठमाडौं – बर्लिन फिल्म फेस्टिभल २०२६ को अन्तर्राष्ट्रिय जुरी प्यालनको

असुरक्षा भयो भन्दै सुदन गुरूङले मागे प्रहरी

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले प्रतिनिधिसभा सदस्य

कि संघीयता राख्नुभएन, कि पार्टीलाई ‘फेडेरलाइज’ गर्नुपर्‍यो

संवैधानिकतामा फर्किनका लागि निर्वाचन, त्यसभन्दा अरु बढी भन्ने अवस्था छैन,