तीन हिरो भएको फिल्ममा आनाको लिड « Khabarhub

तीन हिरो भएको फिल्ममा आनाको लिड


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका आना शर्माको अभिनय रहेको फिल्महरु प्रायः चर्चामा नै रहन्छन् । उनको आफ्नै पनि फ्यानबेस राम्रो छ ।

अर्को कुरा उनी बजारमा प्राइममा रहेका नायकसँग सहकार्य गर्छिन् । डेब्यू फिल्म ‘जेरी’मा नै उनले अनमोलसँग स्क्रिन सेयर गरिन् ।

गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘एक्टर : टेक वान’मा उनले नायक प्रदीप खड्कासँग सहकार्य गरिन् । जो अहिले प्राइममा रहेका अर्का स्टार हुन् ।

उनले अभिनय गर्ने फिल्मको कथा ‘टिनएजर टेस्ट’का हुन्छन् । सोही कारण पनि उनी युवा पुस्तामाझ उनको चर्चा छ ।

अहिले आना फिल्म ‘रमिताको पिरती’को प्रचारमा छिन् । माघ २३ बाट प्रदर्शनमा आउने यस फिल्ममा तीन जना नायक छन् । नायकद्वय धिरज मगर विनय श्रेष्ठको साथमा डेब्यू नायक समीर श्रेष्ठ पनि छन् ।

फिल्मको ट्रेलर हेर्दा समीर शीर्ष नायकको भूमिकामा रहेको महसुस हुन्छ ।

तीन हिरो हुँदा पनि फिल्मको प्रचार सामाग्रीमा आनाको नाम हाइलाइट गरिएको छ । प्रायः नेपाली फिल्ममा यसरी नायकको नाम हाइलाइट गर्ने अभ्यास छ ।

निर्देशक सुलिप्दाका अनुसार यो फिमेल लिड क्यारेक्टर भएको फिल्म हो । उनी भन्छिन्, ‘हिरोको पक्षबाट धेरै लभस्टोरी फिल्म आए । मैले हिरोइनको पक्षबाट फिल्म ल्याएको हो ।’

यो फिल्म ब्रेकअपपछि युवतीको जीवनमा आउने उतारचढावको विषयमा फिल्म बनेको ट्रेलरले प्रष्ट पारेको छ ।

आना पनि पहिलो पटक आफू महिला केन्द्रित फिल्ममा अभिनय गरेको बताउँछिन् ।

फिल्मबारे उनी भन्छिन्, ‘रमिता पात्रको भावनात्मक यात्रालाई केन्द्रमा राखेर कथा अघि बढाइएको छ । फिल्म ब्रेकअपबाट सुरु भए पनि यो केवल ब्रेकअपको कथा मात्र नभई, त्यसपछिको आत्मखोज, आत्मसम्मान र आत्मस्वीकृतिको यात्रा हो । हामीले नियमित फिल्म भन्दा केही फरक रुपमा फिल्म तयार गर्ने कोसिस गरेका छन् ।’

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  ५ : २६ बजे

प्रधानमन्त्री कार्कीद्वारा मायादेवी मन्दिरको दर्शन

लुम्बिनी– प्रधानमन्त्री सुशीला कार्कीले आज लुम्बिनीस्थित मायादेवी मन्दिरका साथै थाइल्याण्ड

निष्पक्ष र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन प्रधानमन्त्री कार्कीको निर्देशन

लुम्बिनी– प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष र

खनिज सहकार्यतर्फ भारत–ब्राजिल

एजेन्सी– महत्त्वपूर्ण खनिज आपूर्ति शृङ्खलामा नयाँ आधार निर्माण गर्ने उद्देश्यसहित

चुनावी घोषणापत्रमा शिक्षा : लगानी वृद्धि र नयाँ शिक्षा ऐन प्राथमिकतामा

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अधिकांश दलहरूले विगतमा झैँ

रौतहटको गौर–६ मा निषेधाज्ञा जारी, सभा–जुलुसमा रोक

रौतहट– जिल्ला प्रशासन कार्यालय रौतहटले गौर–६ क्षेत्रका केही स्थानमा निषेधाज्ञा