मूलपानीबाट समातिएको समूह : जसले सुन लुट्दा कुटपिट गर्दै कानसमेत चुँडाइदिए « Khabarhub

मूलपानीबाट समातिएको समूह : जसले सुन लुट्दा कुटपिट गर्दै कानसमेत चुँडाइदिए


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको मूलपानी क्षेत्रमा लुटपाटमा संलग्न समूहलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको छ। बुधबार राति भएको कारबाहीमा गोली लागेर एकजना घाइते भएका छन् । त्यहाँबाट १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए ।

उनका अनुसार लुटपाट गर्न हिँडेको समूहलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि आक्रमणको प्रयास भएपछि गोली प्रहार गरिएको थियो। प्रहरीको गोली लागेर विनय तामाङ घाइते भएका छन्। उनको उपचार भइरहेको छ।

प्रहरीका अनुसार पछिल्लो तीन महिनादेखि काठमाडौंका विभिन्न स्थानमा रातको समयमा २ देखि ३ वटा मोटरसाइकलमा ३–३ जना सवार भई सुनका गरगहना, नगद र मोबाइल लुटपाट गर्ने संगठित गिरोह सक्रिय थियो।

यो समूहले रातको समयमा लुटपाट मच्चाउँदा पीडितहरूलाई कुटपिटसमेत गर्ने गरेका थिए । उनीहरूले सुन लुट्ने क्रममा केही सर्वसाधारणको कानसमेत चुँडाइदिएका खुलेको छ । प्रहरीले त्यसरी कान नै चुँडिएका पीडितको तस्बिरसमेत सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं, प्रहरी वृत्त स्वयम्भू, गौशाला र बौद्धबाट खटिएको संयुक्त टोलीले काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेकामध्ये विनय तामाङ लुटपाट तथा डाँका चोरीको मुख्य योजनाकार रहेको प्रहरीको दाबी छ। पक्राउ परेका अन्य व्यक्तिहरू मोटरसाइकल चालक, रेकी गर्ने, लुटिएको सुन बिक्री गर्ने तथा गरगहना खरिद गर्ने भूमिकामा रहेको खुलेको छ। उनीहरूमध्ये अधिकांशको चोरी र डाँका चोरीसम्बन्धी आपराधिक पृष्ठभूमि रहेको प्रहरीले जनाएको छ।

प्रहरीले लुटपाटमा प्रयोग गरिएका विभिन्न नम्बरका मोटरसाइकलहरू समेत बरामद गरेको छ। ती मोटरसाइकल प्रयोग गरी बौद्ध, गौशाला, स्वयम्भू, लैनचौर, बूढानीलकण्ठ, कपन, कोटेश्वरलगायत क्षेत्रमा रातको समयमा कुटपिट गर्दै सुन, चाँदी, नगद र मोबाइल लुटिएको विवरण प्रहरीले सार्वजनिक गरेको छ।

हालसम्म २७ जना पीडित प्रहरी सम्पर्कमा आएको र गिरोहविरुद्ध चार वटा जाहेरी दर्ता भइसकेको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको डीएसपी बुढाथोकीले जानकारी दिए।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  ५ : ११ बजे

पोखरा लिँचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न आदेश

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि

नेपाललाई ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट

रास्वपाले तोक्यो भेला र अधिवेशनका लागि नेताहरू, कुन नेतालाई कुन जिल्ला ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तल्लो तहका भेला

सरकारले भन्यो – एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन