मूलपानीबाट समातिएको समूह : जसले सुन लुट्दा कुटपिट गर्दै कानसमेत चुँडाइदिए « Khabarhub

मूलपानीबाट समातिएको समूह : जसले सुन लुट्दा कुटपिट गर्दै कानसमेत चुँडाइदिए


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको मूलपानी क्षेत्रमा लुटपाटमा संलग्न समूहलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको छ। बुधबार राति भएको कारबाहीमा गोली लागेर एकजना घाइते भएका छन् । त्यहाँबाट १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए ।

उनका अनुसार लुटपाट गर्न हिँडेको समूहलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि आक्रमणको प्रयास भएपछि गोली प्रहार गरिएको थियो। प्रहरीको गोली लागेर विनय तामाङ घाइते भएका छन्। उनको उपचार भइरहेको छ।

प्रहरीका अनुसार पछिल्लो तीन महिनादेखि काठमाडौंका विभिन्न स्थानमा रातको समयमा २ देखि ३ वटा मोटरसाइकलमा ३–३ जना सवार भई सुनका गरगहना, नगद र मोबाइल लुटपाट गर्ने संगठित गिरोह सक्रिय थियो।

यो समूहले रातको समयमा लुटपाट मच्चाउँदा पीडितहरूलाई कुटपिटसमेत गर्ने गरेका थिए । उनीहरूले सुन लुट्ने क्रममा केही सर्वसाधारणको कानसमेत चुँडाइदिएका खुलेको छ । प्रहरीले त्यसरी कान नै चुँडिएका पीडितको तस्बिरसमेत सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं, प्रहरी वृत्त स्वयम्भू, गौशाला र बौद्धबाट खटिएको संयुक्त टोलीले काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेकामध्ये विनय तामाङ लुटपाट तथा डाँका चोरीको मुख्य योजनाकार रहेको प्रहरीको दाबी छ। पक्राउ परेका अन्य व्यक्तिहरू मोटरसाइकल चालक, रेकी गर्ने, लुटिएको सुन बिक्री गर्ने तथा गरगहना खरिद गर्ने भूमिकामा रहेको खुलेको छ। उनीहरूमध्ये अधिकांशको चोरी र डाँका चोरीसम्बन्धी आपराधिक पृष्ठभूमि रहेको प्रहरीले जनाएको छ।

प्रहरीले लुटपाटमा प्रयोग गरिएका विभिन्न नम्बरका मोटरसाइकलहरू समेत बरामद गरेको छ। ती मोटरसाइकल प्रयोग गरी बौद्ध, गौशाला, स्वयम्भू, लैनचौर, बूढानीलकण्ठ, कपन, कोटेश्वरलगायत क्षेत्रमा रातको समयमा कुटपिट गर्दै सुन, चाँदी, नगद र मोबाइल लुटिएको विवरण प्रहरीले सार्वजनिक गरेको छ।

हालसम्म २७ जना पीडित प्रहरी सम्पर्कमा आएको र गिरोहविरुद्ध चार वटा जाहेरी दर्ता भइसकेको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको डीएसपी बुढाथोकीले जानकारी दिए।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  ५ : ११ बजे

अस्पतालबाट डिस्चार्ज भए रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं

बूढीगण्डकी आयोजनामा निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बूढीगण्डकी जलाशययुक्त

१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन आयोगले

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने