भाम बर्लिन फिल्म फेस्टिभलको जुरी सदस्य बनेपछि बोर्डको बधाई « Khabarhub

भाम बर्लिन फिल्म फेस्टिभलको जुरी सदस्य बनेपछि बोर्डको बधाई


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बर्लिन फिल्म फेस्टिभल २०२६ को अन्तर्राष्ट्रिय जुरी प्यालनको सदस्यमा मनोनित नेपाली निर्देशक मीन भामलाई चलचित्र विकास बोर्डले बधाई दिएको छ ।

बोर्डले विज्ञप्ति बिहीबार एक जारी गरी बधाई दिएको हो । विज्ञप्तिमा बोर्डका अध्यक्ष दिनेश डीसीको हस्ताक्षर छ ।

भाम विश्व प्रतिष्ठित फेस्टिभलको जुरी सदस्य मनोनित हुनुलाई बोर्डले नेपाली फिल्म र समग्र सांस्कृतिक पहिचानको ऐतिहासिक उपलब्धि मानेको छ ।

विज्ञप्तिमा अगाडि लेखिएको छ, ‘यसले अन्तर्राष्ट्रियस्तरमा नेपाली चलचित्रको सशक्त र सृजनात्मक क्षमताको विश्वसनीय प्रमाण प्रस्तुत गरेको छ ।’

भामले निर्देशन गरेको पछिल्लो फिल्म ‘साम्बाला’ हो । सन् २०२४ मा प्रदर्शनमा आएको यो फिल्म ओस्कारका लागि नेपालबाट पठाइएको थियो ।

भाम पछिल्लो समय नेपाली कांग्रेस निकट रहेर राजनीतिमा पनि सक्रिय छन् । उनी चुनाव उठ्ने तयारी रहे पनि जुरीमा मनोनित भएकाले सोच परिवर्तन गरेको बुझिएको छ ।

विज्ञप्ति :

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  ७ : ०० बजे

अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दाबी

तेहरान – इरानले बिहीबार आफ्नो सैन्य डिभिजनको लडाकु संरचनामा स्वदेशी

राष्ट्रिय लिग फुटबल प्रतियोगिताः एनआरटी विजयी

काठमाडौं – राजधानीमा जारी एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा न्युरोड

अस्पतालबाट डिस्चार्ज भए रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं

बूढीगण्डकी आयोजनामा निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बूढीगण्डकी जलाशययुक्त