आन्ध्र प्रदेशमा बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको तयारी « Khabarhub

आन्ध्र प्रदेशमा बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको तयारी


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतीय राज्य आन्ध्र प्रदेशमा बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने तयारी भइरहेको छ । अनलाइन लत र दुव्र्यवहारका घटनाप्रति विश्वव्यापी चिन्ता बढिरहेका बेला राज्य सरकारले यस्तो कदम चाल्न लागेको हो ।

आन्ध्र प्रदेशका सूचना प्रविधि मन्त्री नारा लोकेशले सामाजिक सञ्जालप्रतिको विश्वास कमजोर हुँदै गएको भन्दै बालबालिकाले अत्यधिक समय अनलाइन बिताइरहेको चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जाल एक्समार्फत विज्ञप्ति जारी गर्दै सरकार बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने निर्णयमा पुगेको जानकारी दिएका हुन् ।

उनका अनुसार उमेरअनुसार उपयुक्त पहुँच सुनिश्चित गर्न कानुनी उपायहरूको अध्ययन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ । साथै मेटा, गुगल, एक्स र सेयरच्याटजस्ता प्रमुख प्लेटफर्महरूसँग ‘विश्वव्यापी उत्कृष्ट अभ्यास’बारे छलफल र मूल्याङ्कन गर्न सुझाव दिइएको छ ।

सरकारी तथ्याङ्कअनुसार भारतमा करिब एक अर्ब इन्टरनेट प्रयोगकर्ता छन् । देशका सबै सहर र करिब ९५ प्रतिशत गाउँहरू इन्टरनेट सञ्जालमा जोडिएका छन् ।

यो पहल पश्चिमी राज्य गोवामा यस्तै विषयमा भएको छलफलपछि अघि बढाइएको हो । गोवामा पनि बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्धको वैधानिकता खोज्ने प्रयास भइरहेको छ ।

मन्त्री लोकेशले महिलाको अनलाइन सुरक्षाप्रति पनि गम्भीर चिन्ता व्यक्त गर्दै धेरै महिलाले निरन्तर अनलाइन दुव्र्यवहारको सामना गरिरहेको बताए । यस्तो अवस्थालाई बेवास्ता गर्न नसकिने उनको भनाइ छ ।

यसैबीच, वार्षिक आर्थिक सर्वेक्षणले बालबालिकाको स्क्रिन समयसम्बन्धी राष्ट्रिय दिशानिर्देश आवश्यक रहेको उल्लेख गर्दै सङ्घीय सरकारको ध्यानाकर्षण गराएको छ । सर्वेक्षणले उमेरआधारित पहुँच सीमासम्बन्धी नीतिहरू विचार गर्न सकिने र युवा प्रयोगकर्ता बाध्यकारी प्रयोग तथा हानिकारक सामग्रीको उच्च जोखिममा रहेको जनाएको छ ।

पछिल्लो समय नाबालिगको सामाजिक सञ्जाल प्रयोगबारे विश्वव्यापी छानबिन तीव्र बन्दै गएको छ । अष्ट्रेलियाले सामाजिक सञ्जाल पहुँचमा प्रतिबन्ध लगाइसकेको छ भने फ्रान्समा डिसेम्बर १६ मा सांसदहरूले बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोग सीमित गर्ने विधेयक पारित गरेका छन् । यस्तै कदमबारे युरोपेली सङ्घसहित अन्य धेरै देशहरूले पनि विचार गरिरहेका छन् ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  ६ : १० बजे

विद्युतको पोल पुग्यो, बलेन बत्ती

नवलपरासी- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युतका तार

एक्सन फिल्मले गर्लान् त रजगज ?

काठमाडौँ- बलिउड फिल्मलाई दक्षिण भारतीय फिल्महरूले छायाँमा पारेका छन् ।

आफ्नै कलहले थला परे प्रतिपक्ष, सदनमा कसले गर्ला सरकारलाई खबरदारी ?

काठमाडौँ- प्रतिनिधि सभामा कायम कुल २७५ सिटमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी

भोजपुर गोल्डकप : एपीएफ र भोजपुर सेमिफाइनलमा

भोजपुर– भोजपुर गोल्डकपअन्तर्गत सोमबार भएका दुई खेलमा एपीएफ र आयोजक

वीरगञ्ज भन्सारबाट नौ महिनामा एक खर्ब ७७ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को नौ महिनामा