म्यान्मा घोटाला प्रकरणमा चीनमा ११ जनालाई मृत्युदण्ड « Khabarhub

म्यान्मा घोटाला प्रकरणमा चीनमा ११ जनालाई मृत्युदण्ड


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चीनले बिहीबार दूरसञ्चार ठगी घोटालामा संलग्न ‘प्रमुख सदस्यहरू’ सहित म्यान्मास्थित आपराधिक गिरोहसँग सम्बन्धित ११ जनालाई मृत्युदण्ड दिएको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

अर्बौं डलर बराबरको अवैध कारोबारसँग जोडिएको यो ठगी उद्योग म्यान्माका कानूनविहीन सीमावर्ती क्षेत्रमा फस्टाउँदै आएको बताइएको छ ।

ती क्षेत्रमा सञ्चालन भइरहेका धोखाधडी केन्द्रहरूमा सामान्यतया विदेशी नागरिकहरूलाई कर्मचारीका रूपमा राखिएको पाइन्छ, जसमा धेरै चिनियाँ नागरिक पनि रहेका छन् । तीमध्ये धेरैले आफूहरूलाई जबर्जस्ती तस्करी गरेर त्यहाँ पुर्‍याइएको र अनलाइन ठगी गर्न बाध्य पारिएको बताएका छन् ।

बेइजिङले पछिल्ला वर्षहरूमा यस्ता ठगी केन्द्रहरूविरुद्ध कारबाही तीव्र पार्दै दक्षिणपूर्वी एसियाली राष्ट्रहरूसँग सहकार्य बढाएको छ । यस अभियानअन्तर्गत हजारौँ मानिसलाई चीन फिर्ता पठाइएको छ ।

बिहीबार मृत्युदण्ड दिइएका ११ जनालाई गत सेप्टेम्बरमा पूर्वी चिनियाँ सहर वेनझोउको अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो । सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार सो सजायलाई अदालतले कार्यान्वयनमा समेत ल्याएको हो ।

मृत्युदण्ड दिइएका व्यक्तिहरूमाथि जानाजानी हत्या, गम्भीर चोट पुर्‍याउने, गैरकानूनी हिरासत, ठगी तथा अवैध क्यासिनो सञ्चालनजस्ता गम्भीर अपराधमा संलग्न भएको अभियोग पुष्टि भएको बताइएको छ ।

बेइजिङस्थित सर्वोच्च जन अदालतले उक्त मृत्युदण्डको सजायलाई अनुमोदन गरेको थियो । अदालतका अनुसार सन् २०१५ देखि गरिएका अपराधसम्बन्धी प्रमाणहरू निर्णायक र पर्याप्त रहेका थिए ।

मृत्युदण्ड दिइएका व्यक्तिहरूमध्ये ‘मिङ परिवारको आपराधिक समूह’ का सदस्यहरू पनि रहेका थिए । उक्त समूहका गतिविधिका कारण १४ जना चिनियाँ नागरिकको ज्यान गएको र अन्य धेरै व्यक्ति घाइते भएको विवरण सार्वजनिक गरिएको छ ।

सिन्ह्वाका अनुसार मृत्युदण्ड कार्यान्वयन हुनुअघि अपराधीहरूका नजिकका आफन्तहरूलाई उनीहरूसँग भेट्न अनुमति दिइएको थियो ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  ६ : १९ बजे

जवाफ थाहा भएका प्रश्नले किन पिरोल्छ ?

एकपटक नौ अङ्कले आठ अङ्कलाई थप्पड हान्यो । पीडा सहन

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम