असुरक्षा भयो भन्दै सुदन गुरूङले मागे प्रहरी « Khabarhub

असुरक्षा भयो भन्दै सुदन गुरूङले मागे प्रहरी


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा पार्टीका उम्मेदवार सुदन गुरुङको सुरक्षा मिलाइदिन जिल्ला प्रशासन कार्यालय गोरखालाई पत्राचार गरेको छ।

रास्वपाका गोरखा जिल्ला सचिव मिलन रानाद्वारा प्रमुख जिल्ला अधिकारीलाई पठाइएको पत्रमा प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार गुरुङ हाल घरदैलो कार्यक्रममा सक्रिय रहेको उल्लेख गरिएको छ।

पत्रमा प्राप्त विभिन्न गोप्य सूचनाका आधारमा हातहतियारसहित केही व्यक्तिहरूको समूहबाट उम्मेदवार गुरुङलाई व्यक्तिगत सुरक्षा जोखिम बढेको भनिएको छ। सुदनका लागि आवश्यक पर्सनल सेक्युरिटी अफिसर (पीएसओ) सहित सुरक्षा व्यवस्था उपलब्ध गराइदिन भनिएको छ ।

रास्वपाले निर्वाचनको संवेदनशील समयमा सम्भावित जोखिमलाई ध्यानमा राख्दै शान्ति, सुरक्षा र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न प्रशासनको ध्यानाकर्षण गराएको जनाएको छ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  ६ : ४८ बजे

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन

रुपन्देही – भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी – त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत्