पाकिस्तान–बङ्गलादेशबीच सिधा उडान १४ वर्षपछि पुनः सुरु « Khabarhub

पाकिस्तान–बङ्गलादेशबीच सिधा उडान १४ वर्षपछि पुनः सुरु


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

ढाका – बङ्गलादेश र पाकिस्तानबीच लामो समयदेखि असहज रहेको सम्बन्ध न्यानो भएपछि एक दशकभन्दा बढी समयपछि बिहीबारदेखि दुई देशबीचको सीधा उडान पुनः सुरु भएको छ ।

भौगोलिक रूपमा १,५०० किलोमिटर (९३ माइल) भारतीय भूभागले विभाजित बङ्गलादेश र पाकिस्तान कुनै समय एउटै राष्ट्र थिए । सन् १९७१ मा भएको युद्धपछि उनीहरू विभाजित भएका थिए । सन् २०१२ देखि बङ्गलादेश र पाकिस्तानका यात्रुहरूले दुबई र दोहाजस्ता खाडीका विमानस्थल हुँदै उडानहरू भर्नुपरेको थियो।

राष्ट्रिय ध्वजाबाहक विमान बङ्गलादेश एयरलाइन्सले बिहीबार पाकिस्तानी शहर कराँचीका लागि उडान भरेको छ, जुन २०१२ पछि पहिलो नियमित उडान हो। कराँची जाने १५० यात्रुमध्ये एक मोहम्मद शाहिदले हरेक दुई वा तीन वर्षमा एक पटक मात्र यात्रा गर्ने गरेकोमा अब आफू पहिलेको तुलनामा धेरै पटक स्वदेशको यात्रा गर्न पाउँदा खुसी भएको बताए ।

“हामी यस्तो अवसरको पर्खाइमा थियौँ किनभने हामी निरन्तर यात्रा गरिरहेका थियौँ,” ढाकामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “पाकिस्तानमा धेरै मानिसहरू यहाँ आउनका लागि पर्खिरहेका छन्, र केही पाकिस्तान जानका लागि पर्खिरहेका छन्।”

अब सातामा दुई पटक सिधा उडान हुने भएको छ । बिमान कम्पनीले एक विज्ञप्तिमा जानकारी गराएको छ, “सिधा उडानको पुनः स्थापनाले ‘व्यापार र वाणिज्यलाई बढावा दिन, शैक्षिक आदानप्रदानलाई विस्तार गर्न र दुई देशहरू बीचको सांस्कृतिक सम्बन्धलाई बढावा दिन महत्त्वपूर्ण भूमिका खेल्नेछ।”

सन् २०२४ मा बङ्गलादेशमा विद्यार्थीहरूको नेतृत्वमा भएको विद्रोहले शेख हसिनाको १५ वर्षे निरङ्कुश शासन अन्त्य गरेपछि मुस्लिम बहुल राष्ट्र पाकिस्तानसँगको सम्बन्ध न्यानो भएको छ। यही अवधिमा बङ्गलादेश र हसिनाको पुरानो सहयोगी भारतबीचको सम्बन्ध चिसिएको छ ।

नोभेम्बर २०२४ मा कराँचीबाट बङ्गलादेशको प्रमुख बन्दरगाह चटगाउँका लागि मालवाहक पानीजहाजहरू पुनः सञ्चलनमा आएका थिए । त्यसबेलादेखि दुई मुलुकबचिको व्यापार बढेको छ र सांस्कृतिक सम्बन्ध बढेको छ, लोकप्रिय पाकिस्तानी गायकहरूले ढाकामा प्रदर्शन गरेका छन् भने बङ्गलादेशी बिरामीहरू चिकित्सा हेरचाहको लागि पाकिस्तान गएका छन्।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  ९ : ४४ बजे

पर्यटकीयस्थल ढुङ्गे बगैँचामा बहुसांस्कृतिक सङ्ग्रहालय निर्माण सुरु

खोटाङ– विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीस्थित ककनीडाँडामा निर्माणाधीन बुङालुङ पार्क (ढुङ्गे बगैँचा)मा  बहुसांस्कृतिक

आदिवासी जनजाति महासङ्घ, सङ्घीय परिषद् सचिवालय नेतृत्वको औपचारिक घोषणा 

काठमाडौं- नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) ले आफ्नो २१ सदस्यीय

भदौयता लेक लागेर चार विदेशीसहित सात पर्यटकको मृत्यु

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा पर्वतीय ‘हाई अल्टिच्युड’ का कारण लेक

प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीले सुरु गर्‍यो पत्रकार लेखनवृत्ति कार्यक्रम

गण्डकी– गण्डकी प्रदेश सरकारअन्तर्गत रहेको प्रेस रजिष्ट्रारको कार्यालयले पत्रकार लेखनवृत्ति