भोजपुरका किसान चैतेधान रोप्नमा व्यस्त « Khabarhub

भोजपुरका किसान चैतेधान रोप्नमा व्यस्त


१५ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरका ग्रामीण भेगका किसान यतिबेला चैतेधान रोप्नमा व्यस्त छन् । हिउँदयाम सकिएसँगै तापक्रम बढ्न थालेपछि किसानहरू धान रोपाइँमा जुटेका हुन् ।

जिल्लाका हतुवागढी, अरुण, षडानन्द नगरपालिकालगायतका स्थानीय तहमा रहेका सिँचाइ सुविधा भएका फाँटमा अहिले रोपाइँको चटारो देखिएको छ ।

समयमै रोपाइँ गर्न सके उत्पादन राम्रो हुने विश्वासका साथ किसान बिहानदेखि बेलुकासम्म खेतमा खटिएका छन् । हतुवागढी गाउँपालिका–२ का जयबहादुर थापाका अनुसार चैतेधान बाली छोटो अवधिमा पाक्ने भएकाले यसबाट वर्षे धानभन्दा छिट्टै आम्दानी लिन सकिन्छ । यसले घरायसी उपभोगसँगै अतिरिक्त आम्दानीको स्रोतसमेत बढाएको उनको भनाइ छ ।

कावाखोला किनार क्षेत्रका राजा–१२, बिजी र तौली जातका हिउँदे धानको खेतीसमेत यहाँ हुँदै आएको थापाले जानकारी दिए । फागुन अन्तिमदेखि चैतको अन्तिमसम्म हिउँदे धान रोप्ने चलन रहेको उनी बताउँछन् । उनले बर्सेनि ४५ देखि ५० मुरीसम्म हिउँदे धान उत्पादन गर्दै आएको बताए ।

पर्याप्त सिँचाइको अभाव, मलखादको कमी र श्रमिक अभावका कारण समस्या देखिएको किसानको गुनासो छ । सिँचाइ सुविधा नपुगेका क्षेत्रमा भने रोपाइँ ढिला हुने अवस्था छ । दुई नगरपालिका र सात गाउँपालिका रहेको भोजपुरमा करिब १२ हजार १५४ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार जिल्लामा यस वर्ष ३६ हजार ९९८ मेट्रिक टन धान उत्पादन भएको छ ।

परम्परा र संस्कृति बचाउन देवाली थान संरक्षणमा लगानी
हतुवागढी गाउँपालिका–१ घोडेटारले स्थानीय संस्कार तथा संस्कृतिको संरक्षणमा सक्रिय पहल थालेको छ ।

पुस्तौँदेखि चल्दै आएको मौलिक परम्परालाई जोगाउँदै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यसहित वडाले विभिन्न सांस्कृतिक धरोहरहरूको संरक्षण तथा प्रवर्द्धनमा जोड दिएको हो ।

स्थानीयले मान्दै आएको परम्परागत संस्कृतिलाई पुनर्जीवन दिने लक्ष्यका साथ खप्तरी बस्नेत समुदायसँग सम्बन्धित ‘देवाली थान’को संरक्षण कार्य अघि बढाइएको हतुवागढी–१ का वडाध्यक्ष कुमार विष्टले जानकारी दिए । धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण उक्त थानको संरक्षणले स्थानीय पहिचान जोगाउन महत्त्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ ।

गाउँपालिका र वडा कार्यालयको सहकार्यमा विभिन्न आर्थिक वर्षमा गरी चार लाख ५० हजारको लागतमा देवाली थान संरक्षण गरिएको वडाध्यक्ष विष्टले बताए । उनले भने, ‘विभिन्न जातजातिका परम्परा र पहिचानसँग जोडिएका यस्ता सम्पदाहरूको संरक्षणलाई निरन्तरता दिएका छौँ ।’

पछिल्लो समय आधुनिकता र तीव्र बसाइँसराइका कारण गाउँघरमा परम्परागत संस्कार हराउँदै जान थालेपछि यसको संरक्षणमा विशेष ध्यान दिइएको उनले उल्लेख गरे । स्थानीय तहको प्राथमिकतामा परेका पुराना संस्कृति, रीतिरिवाज तथा धार्मिकस्थलहरूको संरक्षणले परम्परा जोगाउन टेवा पुगेको स्थानीयवासी विनोद बस्नेतले बताए ।

गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईका अनुसार स्थानीय तहले विभिन्न जातजातिका धार्मिक तथा सांस्कृतिकस्थलको संरक्षण, पुनर्निर्माण तथा प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसले संस्कृतिको दिगो संरक्षणसँगै स्थानीय आर्थिक तथा पर्यटन विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  ६ : ३९ बजे

यी हुन् पूर्वमन्त्री दीपक खड्का जोडिएका विवाद

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

विभेद अन्त्यका लागि संरचनागत सुधार अनिवार्य छ : रक्षा बम

काठमाडौँ – जेनजी आन्दोलनकी अगुवा रक्षा बमले राज्यले गर्ने क्षमायाचना

ओलीलाई गैरकानुनी हिरासतमा राखिएको भन्दै राधिका शाक्य सर्वोच्च जाँदै

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

आरसिबीका लागि विराटको नटआउट विष्फोटक ब्याटिङ २०२ रनको लक्ष्य १५.४ ओभरमै पूरा

काठमाडौँ – रोयल च्यालेन्जर्स बेङ्गलोर (आरसिबी) ले इन्डियन प्रिमियर लिग

पूर्वमन्त्री कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमन्त्री