शोभा पाठकले महेश बस्नेतविरुद्ध दिइन् प्रहरीमा अर्को निवेदन « Khabarhub

शोभा पाठकले महेश बस्नेतविरुद्ध दिइन् प्रहरीमा अर्को निवेदन


१५ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै शोभा पाठकले काठमाडौं जिल्ला प्रहरी परिसरमा आइतबार निवेदन दिएकी छन्।

बस्नेले आफूमाथि यौन शोषण तथा दुर्व्यवहार गरेको आरोप लगाउँदै आएकी पाठकले आइतबार प्रहरी परिसरमा निवेदन दिएकी हुन् ।

प्रहरीले भने अदालतमा पुगेको मुद्दाका बिषयमा आदेश आएपछि मात्रै अन्य प्रक्रिया अघि बढ्ने जनाएको छ । उता पाठकले भने आफूमाथि भएको हिंसामा बस्नेतलाई पक्राउ गर्नुपर्ने जिकिर गर्दै आएकी छन् ।

त्यसै उनले आइतबार नै काठमाडौं सरकारी वकीलको कार्यालय पुगेर पनि छलफल गरेकी छन् । पाठकले बस्नेतविरुद्ध दायर गरेको जबरजस्ती करणी मुद्दा सरकारी वकिलको कार्यालयले तामेलीमा राखेको छ ।

पाठकले यसअघि फागुन २१ गतेको निर्वाचनमा भक्तपुर २ मा बस्नेतलाई हराउन भन्दै उम्मेदवारी दिएकी थिइन् । तर चुनावी अभियानमा लाग्दा पनि उनले १९ भोट ल्याइन् । उता बस्नेत पनि राष्ट्रिय स्वतन्त्र पार्टीका राजीव खत्रीसँग पराजित भए ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  २ : ५५ बजे

मोडल इभा गिरीले साइन गरिन् ‘पाँच पाण्डव’

काठमाडौं – मोडल तथा सामाजिक सञ्जालकी चर्चित पात्र इभा गिरीले

विपद् जोखिम न्यूनीकरणको तयारी गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मनसुनपूर्व नै विपद् जोखिम न्यूनीकरणका लागि

सुटिङअघि नै नीताको डेब्यू निर्देशन रहने फिल्म ‘पार्वती’को प्रदर्शन मिति सार्वजनिक

काठमाडौं – नायिका तथा निर्मात्री नीता ढुङ्गानको डेब्यू निर्देशन रहने

‘राजा चाहिँदैन’ भन्दै दशौँ लाख अमेरिकी सडकमा

मिनियापोलिस- अमेरिकी आप्रवासन नीतिविरुद्ध बढ्दो असन्तुष्टिबीच अमेरिकामा व्यापक प्रदर्शन भएको

दीपक खड्कालाई पक्राउ पुर्जी नदिई समातिएको सचिवालयको दाबी

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री