मोडल इभा गिरीले साइन गरिन् ‘पाँच पाण्डव’ « Khabarhub

मोडल इभा गिरीले साइन गरिन् ‘पाँच पाण्डव’


१५ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मोडल तथा सामाजिक सञ्जालकी चर्चित पात्र इभा गिरीले फिल्म ‘पाँच पाण्डव’मा अभिनय गर्ने भएकी छन् ।

यस फिल्मका निर्देशक वसन्त निरौलाका अनुसार आइतबारबाट इभा गिरी छायाङ्न सेटमा सहभागी भएकी हुन् । उनको भूमिकाबारे निर्माण पक्षले खुलाएको छैन ।

मल्टिस्टारर यस फिल्मको छायाङ्कन चैत २ देखि झापाबाट सुरु भएको हो ।

छायाङ्कनको १४ औं दिनबाट इभा पनि जोडिएकी हुन् । उनीसँगै कलाकार प्रशान्त तामाङको पनि प्रवेश भएको निर्देशक निरौलाले जानकारी दिए ।

‘पाँच पाण्डव’ को भूमिकामा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सागर लम्साल ९बले० रहेका छन् ।

यी पाँच पात्रहरूलाई केन्द्रमा राखेर बुनिएको कथामा महिला मुख्य पात्रका रूपमा दीपाश्री निरौला र जनी गुरुङ देखिनेछन् ।

काली रानी फिल्मस्को ब्यानर र सामाजिक कथामा बन्ने यस फिल्मको निर्माता नवीन श्रेष्ठ हुन् । कथा, पटकथा तथा संवाद सुशील पौडेलको हो ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  ४ : ३९ बजे

‘सरकारद्वारा सार्वजनिक ऊर्जा क्षेत्रसम्बन्धी कार्ययोजना स्वागतयोग्य’

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालले नयाँ सरकारद्वारा सार्वजनिक

सरकारलाई अदालतको आदेश : पूर्वप्रधानमन्त्री ओलीको उपचारका लागि व्यवस्था गर्नू

काठमाडौं- जिल्ला अदाल काठमाडौंले शनिबार पक्राउ गरिएका पूर्वप्रधानमन्त्री केपी शर्मा

प्रदेशसभा बैठकमा वातावरण समितिको प्रतिवेदन प्रस्तुत

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा ‘उद्योग, पर्यटन तथा वातावरण समितिको आर्थिक

ब्रिटिश मिडियाको दाबी : अमेरिकी बेसमा हमला गर्न रूसले इरानलाई दिएको थियो स्याटेलाइट सूचना

काठमाडौं- युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले साउदी अरेबियास्थित अमेरिकी सैन्य बेसमा

दुहवीमा भारतीय सहयोगमा फोहोरमैला व्यवस्थापन केन्द्रको शिलान्यास

काठमाडौं- सुनसरी जिल्लाको दुहवी नगरपालिका–४ मा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको