दीपक खड्कालाई पक्राउ पुर्जी नदिई समातिएको सचिवालयको दाबी « Khabarhub

दीपक खड्कालाई पक्राउ पुर्जी नदिई समातिएको सचिवालयको दाबी


१५ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई सरकारले पक्राउ गरेको विषयमा उनको सचिवालयले आपत्ति जनाएको छ।

सचिवालयले आइतबार बिहान करिब ८ बजे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरीले सोधपुछका लागि भन्दै उनलाई बिनापक्राउ पुर्जी नियन्त्रणमा लिएको आरोप लगाएको छ।

बिनाजानकारी र बिनापक्राउ पुर्जी नियन्त्रणमा लिनु कानुनविपरीत भएको सचिवालयको दाबी छ। खड्कालाई नियन्त्रणमा लिएपछि गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमार्फत जरूरी पक्राउ पुर्जी सार्वजनिक गरेपछि मात्रै उक्त विषयमा जानकारी भएको उल्लेख गरिएको छ।

सचिवालयले खड्कामाथि राजनीतिक प्रतिशोधका आधारमा बदनाम गराउने, मिथ्या आरोप लगाउने तथा चरित्रहत्या गर्ने प्रयास भइरहेको आरोप लगाएको जनाएको छ।

‘दीपक खड्का खुला पुस्तकजस्तै व्यक्ति हुन् । राज्य पक्षले गर्ने कानुनी अनुसन्धानमा पूर्ण सहयोग गर्न तयार छन्,’ विज्ञप्तिमा भनिएको छ।

यसैबीच, भदौ २४ गते भेटिएको नगदसम्बन्धी विषयमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनी प्रावधानअनुसार सोधपुछका लागि नियन्त्रणमा लिइएको सरकारले स्पष्ट पारेको छ। उता खड्काको सचिवालयले कुनै आपराधिक कसुरमा पक्राउ नगरिएको जनाएको छ।

सचिवालयले अनुसन्धानलाई अतिरञ्जित गरी भ्रम फैलाउने तथा चरित्रहत्या गर्ने प्रयास नगर्न आग्रह गर्दै वास्तविकता बुझेर मात्रै समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यमलाई अपिल गरेको छ।

खड्का अनुसन्धानका लागि सधैं तयार रहेको र राज्य पक्षबाट हुने विधिसम्मत प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत सचिवालयले जनाएको छ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  ४ : १६ बजे

एट्लान्टिकको जोखिमपूर्ण यात्रामा अलपत्र एक हजारभन्दा बढी आप्रवासीको उद्धार

एजेन्सी– युरोप पुग्ने प्रयासमा एट्लान्टिक महासागरको जोखिमपूर्ण मार्ग हुँदै यात्रा

मिराज भन्छन् : यो सरकारलाई केही समय कुर्छौँ, नभए थर्ड पोलको तयारीमा लाग्छौँ

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले वालेन्द्र शाह नेतृत्वको वर्तमान

एभरेष्ट भ्यू ट्रेल रेसलाई अन्तर्राष्ट्रिय मान्यता, आईटीआरएबाट ३ पोइन्ट

सोलुखुम्बु- माप्य दुधकोशी गाउँपालिकामा आयोजना हुँदै आएको ‘एभरेष्ट भ्यू ट्रेल रेस’

‘यो सरकारले कार्यकाल पूरा गर्दा जनता निराश भइसक्छन्, कार्यशैली सुधारोस्’

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा उपार्जुङ चाम्लिङले वर्तमान सरकारले सबै पक्षलाई

आफ्नै शरीरमा आगो लगाएकी महिलालाई वीर अस्पताल लगियो

काठमाडौं- राजधानीमा आत्मदाहको प्रयास गरेकी महिलालाई उपचारका लागि वीर अस्पताल