ओ‌ली र लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति « Khabarhub

ओ‌ली र लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति


१५ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको छ।

शनिबार भक्तपुरको कटुन्जे र गुन्डबाट पक्राउ गरिएका उनीहरूलाई आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको थियो ।

उनीहरू दुवैजनालाई गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूमाथि जिम्मेवार ठहर गर्दै सरकारले पक्राउ गरेको हो । दुवैलाई ज्यानसम्बन्धी कसूर लगाएर हिरासतसम्म लगिएको हो ।

लेखकलाई भौतिक रुपमै अदालतमा लगिँदा ओलीलाई नै भर्चुअल माध्यमबाट हाजिर गराइएको थियो । शनिबार बिहान पक्राउ परेका ओली अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा छन् ।

उनी अहिले विभिन्न रोगको सामना गरिरहेका छन् । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका उनमा एकसाथ कम्तीमा ६ वटा स्वास्थ्य समस्या देखिएका हुन् ।

पूर्वप्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे आइतबार जानकारी गराउँदै अस्पताले एकसाथ धेरैवटा समस्या देखिएको जनाएको छ।

अस्पतालका अनुसार ओलीलाई शनिबार मुटुको धड्कन असामान्य (पालापिट्यास्टियोन्स) हुने समस्या देखिएपछि भर्ना गरिएको हो। उनी दुई मिर्गौला प्रत्यारोपण गराइसकेका बिरामी हुन्।

उनलाई हाइड्रोनेफ्रोसिस, मधुमेह, उच्च रक्तचाप, थाइराइडसम्बन्धी समस्या, एट्रियल फिब्रिलेसन (एपीसी) सहितको समस्या पनि स्वास्थ्य परीक्षणबाट देखिएको छ। हाल उपचाररत उनमा पित्तथैलीमा ढुंगा जस्ता समस्या पनि रहेका अस्पतालले जनाएको छ ।

हाल उनको अस्पतालको एनेक्स–१ को बेड नम्बर ५०१ मा चिकित्सकहरूको निगरानीमा रहेर उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  ५ : ४५ बजे

जवाफ थाहा भएका प्रश्नले किन पिरोल्छ ?

एकपटक नौ अङ्कले आठ अङ्कलाई थप्पड हान्यो । पीडा सहन

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम