दुहवीमा भारतीय सहयोगमा फोहोरमैला व्यवस्थापन केन्द्रको शिलान्यास « Khabarhub

दुहवीमा भारतीय सहयोगमा फोहोरमैला व्यवस्थापन केन्द्रको शिलान्यास


१५ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुनसरी जिल्लाको दुहवी नगरपालिका–४ मा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको आइतबार औपचारिक शिलान्यास गरिएको छ।

भारतीय राजदूतावास काठमाडौंका प्रथम सचिव नारायण सिंह र दुहवी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले संयुक्त रूपमा उक्त केन्द्रको शिलान्यास गरेका हुन् ।

यो परियोजना भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको हो। यसका लागि करिब १६.४ करोड नेपाली रुपैयाँ विनियोजन गरिएको छ।

यो प्रशोधन केन्द्र उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत दुहवी नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ।

समारोहमा दुहवी नगरपालिकाका मेयर तथा अन्य स्थानीय सरोकारवालाले भारत सरकारको विकास सहयोगको प्रशंसा गरेका थिए।

उनीहरूले यो नयाँ संरचनाले दुहवीमा दिगो र वैज्ञानिक फोहोरमैला व्यवस्थापनलाई प्रवर्द्धन गर्ने तथा स्थानीय वातावरण र जनस्वास्थ्यमा सुधार ल्याउने विश्वास व्यक्त गरे।

भारतीय दूतावासको विज्ञप्तिमा भनिएको छ, ‘नजिकका छिमेकीको रूपमा भारत र नेपालबीच व्यापक तथा बहुक्षेत्रीय सहकार्य रहँदै आएको छ। यस्ता उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरूले नेपाल सरकारको पूर्वाधार विकास र समृद्धि प्रयासलाई सुदृढ पार्ने भारत सरकारको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ।’

यो परियोजना भारत सरकारले नेपालमा सञ्चालन गरिरहेका विभिन्न उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू मध्ये एक हो, जसमा शिक्षा, स्वास्थ्य र फोहोरमैला व्यवस्थापन जस्ता क्षेत्र समेटिएका छन्।

दुहवी नगरपालिकाका बासिन्दाहरूले यो परियोजनालाई स्थानीय सरसफाइ र वातावरण संरक्षणका लागि महत्वपूर्ण कदमको रूपमा लिएका छन्।

निर्माण कार्य छिट्टै सुरु हुने र तोकिएको समयमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यो सहयोगले नेपाल–भारतबीचको विकास साझेदारीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  ५ : ५७ बजे

रास्वपाको चुनावी भिडियो विवाद:’हामी दिदी-भाइ हौँ, व्यक्तिगत सम्बन्धसँग जोड्नु निन्दनीय’

अर्घाखाँची – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको जिल्ला अधिवेशनका क्रममा

जवाफ थाहा भएका प्रश्नले किन पिरोल्छ ?

एकपटक नौ अङ्कले आठ अङ्कलाई थप्पड हान्यो । पीडा सहन

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन