सरकारलाई अदालतको आदेश : पूर्वप्रधानमन्त्री ओलीको उपचारका लागि व्यवस्था गर्नू « Khabarhub

सरकारलाई अदालतको आदेश : पूर्वप्रधानमन्त्री ओलीको उपचारका लागि व्यवस्था गर्नू


१५ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


780
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जिल्ला अदाल काठमाडौंले शनिबार पक्राउ गरिएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उपचारको व्यवस्था गर्न सरकारलाई आदेश दिएको छ।

जेन-जी आन्दोलनमा भएको हताहतीलाई लिएर ज्यानसम्बन्धी कसुरमा पक्राउ गरिएका ओली विभिन्न स्वास्थ्य समस्याको सामना गरिरहेका छन् ।

जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार प्रतिवादी ओली अस्वस्थ भई उपचारार्थ अस्पतालमा रहेको भन्नेसमेत देखिँदा निजको प्रभावकारी आवश्यक उपचारको व्यवस्था गर्नसमेत आदेश भएको छ।

दुवैजनालाई अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४(६) बमोजिम पाँच दिन थुनामा राख्न न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले अनुमति दिएको हो ।

शनिबार भक्तपुरको गुन्डु र कटुन्जेबाट पक्राउ परेका ओली र लेखकलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला सरकारी वकिलको कार्यालयले माग गरेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले पूर्वगृहमन्त्री लेखकलाई अदालतमै उपस्थित गराएको थियो। स्वास्थ्यमा समस्या भएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका ओली भर्चुअल माध्यमबाट अदालतको बहसमा हाजिर भए ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  ६ : २० बजे

कांग्रेस नेता खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- नेपाली कांग्रेसका नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर

रास्कोट नगरपालिकालाई अब ‘डिजिटल पालिका’ बनाइने

मान्म– रास्कोट नगरपालिकालाई ‘डिजिटल पालिका’ बनाइने भएको छ । कर्णाली

सरकारका नीतिगत सुधारप्रति उद्योग परिसङ्घको स्वागत, निजी क्षेत्रसँग सहकार्यमा जोड

काठमाडौं- नवगठित सरकारले पुराना तथा असान्दर्भिक कानुन खारेज गर्न प्रक्रिया

तस्बिरमा हेर्नुहाेस्, सेतो मच्छिन्द्रनाथको रथयात्रा

काठमाडौं– वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथ लगनटोल पुर्‍याइएसंगै