सरकारी निर्णयको स्वागत गर्दै राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन भङ्ग « Khabarhub

सरकारी निर्णयको स्वागत गर्दै राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन भङ्ग


१५ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डमा गठन भएको कर्मचारी यूनियन भंग गरिएको छ।

जारी सूचनाअनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत प्रशासनिक सुधार, पुनर्संरचना तथा मितव्ययितासम्बन्धी बुँदा नम्बर १२ को निर्णयलाई स्वागत गर्दै उक्त यूनियन भंग गरिएको हो।

राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी यूनियनका अध्यक्ष राजु ओलियाद्वारा जारी सूचनामा मिति २०८२ चैत १५ गतेदेखि लागू हुनेगरी यूनियन पूर्ण रूपमा भंग गरिएको उल्लेख छ।

सम्बन्धित सबैलाई उक्त निर्णयबारे जानकारी गराउँदै आगामी संरचनासम्बन्धी निर्णय आवश्यकताअनुसार गरिने संकेत गरिएको छ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  ९ : १८ बजे

सुनको मूल्यले ३ लाख नाघ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– सुनको मूल्य आज ३ लाखमाथि पुगेको छ । आइतबारको कारोबारमा

आदिवासी जनजातिको पहिचान र संस्कृति नेपालको गौरव हो : राष्ट्रपति पौडेल

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले विविधतामा एकतालाई आत्मसात्

गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

रसुवा– रसुवाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनैपूर्णिमाका दिन लाग्ने

रुपन्देहीको मर्चवारीमाईमा पूर्वाधारसँगै सामाजिक विकासमा जोड

रुपन्देही– रुपन्देहीको मर्चवारीमाई गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी तथा सामाजिक

क्यानडा पठाइदिने भन्दै ३७ लाख ठगी गर्ने पक्राउ

काठमाडौँ – क्यानडा पठाइदिने भन्दै ३७ लाख रुपैयाँ ठगी गरेको