एउटा धनी मानिस अस्पतालको बेडमा थियो । उपचारका सबै प्रयास निष्फल भएपछि डाक्टरले सन्तान बोलाएर घर व्यवहारको काम जिम्मा लगाउन आग्रह गरे । ती धनी मानिसले सन्ततिको सट्टा मुन्सी बोलाउन लगाए । मुन्सीसँग उनले सम्पत्तिको सम्पूर्ण फेहरिस्त मागे । लगत्तै ज्योतिष मगाए ।
ज्योतिषसँग उनको जिज्ञासा थियो– ‘अर्को जुनीमा म कुन ठाउँमा जन्म लिन्छु ?’ ज्योतिषले पेसाअनुसार कुनै ठाउँको नाम लिएर त्यहीँ सालनाल गाडिने ठोकुवा गरे । ती महाजनले तत्काल वकिल झिकाएर आदेश दिए– ‘मेरो सम्पूर्ण जायजेथा ज्योतिषले भनेको ठाउँमा स्थानान्तरण गरी मेरा नाममा पास गराउनू ।’
यो ठट्टा नेपाली राजनीतिका सारथीसँग हुबहु मेल खान्छ । सत्ता पाएर के गर्नुपर्छ ? त्यो सत्यसँग दश कोश टाढा भएपनि सत्ताको चास्नी उनीहरूका लागि रुचिकर छ । भर्तृहरि नीतिले भनेको छ– ‘कहिले साँचो, कहिले झूठो, कहिले कठोर, कहिले मधुर, कहिले हिंस्रक, कहिले खर्चिलो, कहिले प्रशस्त कमाउने यसप्रकार वेश्यासमान राजनीतिका अनेकौँ रूप हुन्छन् ।’
प्रकृतिको आफ्नो नियम छ । संसारका हरेक प्राणीका लागि समयको लक्ष्मणरेखा एउटै हो । नुन र सुनको भाउ एउटै भएका दिन सत्ययुग प्रारम्भ हुने पण्डितहरूको तर्क छ ।
मानिस समस्याका कारण आत्तिन्छन्, रुन्छन्, कराउँछन्, गुनासो गर्छन् । तर समस्या त हरेक युगमा थियो । रामराज्यमा अपराध गरेपछि अपराधीहरू सरासर आफैँ जेल जान्थे । यद्यपि रामराज्यमै कैकेयीलाई दलाली सिकाउने मन्थराजस्ता पात्र नेपथ्यमा सक्रिय थिइन् । रावण राजमा कुलद्रोह गरेरै भएपनि सत्यपथ नछोड्ने विभीषण थिए । जति ठक्कर खाए पनि इमान नछोड्ने कर्णजस्ता अमर पात्र थिए । सत्य अँगाल्ने तर अन्याय विरुद्ध नबोल्ने भीष्म पितामहजस्ता लाचार पात्रको अन्त्य सुखद रहेन ।
अहिले जसरी विज्ञापन गर्नेको संसार छ, त्यो बेला रावणले सीता हरण गरेको अन्तिम सूचना दिएर प्राण परित्याग गर्ने जटायुको खुटखबर पाइँदैन । त्यो सूचना नपाएको भए सम्भवतः रामायण पहिलो पृष्ठमै अन्त्य हुनसक्थ्यो । नल र निल रामायणकालीन त्यस्ता सिद्धहस्त ईञ्जिनीयर थिए, जसले सागरमा फालेको ढुङ्गा मात्र तैरिन्थ्यो । तिनै नल र निलले रातारात तयार गरेको पुलले रामलाई अयोध्याको सार्थक नेता बनायो । रामायण, महाभारत, गीताको प्रचार भएर नै ती ग्रन्थ अमर दस्तावेज बने । तिनैको हाराहारीमा रहेको राजा जनक र अष्टावक्रको प्रश्नोत्तर रहेको ‘अष्टावक्र गीता’ ओझेलमा पर्याे ।
मन दुख्दा आँखाबाट निस्कने नुनिलो आँसुको प्रकृति समान हो । मानिसको आँखाबाट निस्कने आँसु त्यस्तो पदार्थ हो, जहाँ एक प्रतिशत पानी र उनान्सय प्रतिशत भाव हुन्छ । त्यसैले आँसुसँग ठट्टा गर्नु हुँदैन ।
प्रकृतिको आफ्नो नियम छ । संसारका हरेक प्राणीका लागि समयको लक्ष्मणरेखा एउटै हो । नुन र सुनको भाउ एउटै भएका दिन सत्ययुग प्रारम्भ हुने पण्डितहरूको तर्क छ । तर समय पानी हो । यसमा कस्तो रङ्ग मिसाउने त्यो मानव कर्ममा निर्भर रहन्छ । बहुमतको सरकार आएपछि सूर्य पूर्वबाट उदाएर पश्चिम अस्ताउने गरेको होइन । मुलुक संघीयतामा गएलगत्तै लामखुट्टे मानिसको रगत चुस्ने कलामा पारङ्गत भएको होइन । गाईले घाँस खान र बाघले मृग मार्न संविधान बनेपछि थालेको होइन । गर्मी मौसममा हिन्दु, मुस्लिम, इसाई, बौद्धिष्ट सबैलाई खलखली पसिना आउँछ । खुर्सानीको पीरोले सबैलाई राल सिँगान बनाउँछ । टिम्मुरले सबैको जिब्रो उत्तिक्कै पर्पराउँछ । काँडाले घोच्दा सबैको हातखुट्टाबाट रातै रगत निस्कन्छ । खुसी हुँदा धराका सम्पूर्ण मानिसको अनुहारबाट निस्कने उच्छ्वास एकै हो ।
मन दुख्दा आँखाबाट निस्कने नुनिलो आँसुको प्रकृति समान हो । मानिसको आँखाबाट निस्कने आँसु त्यस्तो पदार्थ हो, जहाँ एक प्रतिशत पानी र उनान्सय प्रतिशत भाव हुन्छ । त्यसैले आँसुसँग ठट्टा गर्नु हुँदैन । कर्म नराम्रो छ भने भाग्य पनि रुन्छ । सबैलाई थाहा छ– हिँड्ने गोरुकै पुच्छर निमोठिन्छ । लच्केको हाँगा झन् लच्काउन मानिसलाई मज्जा लाग्छ । जङ्गलमा सुरिलो र सीधा रुख नै काटिन्छ । अरु त अरु तपाईंका इन्द्रिय नै स्वार्थी छन् । अन्धकार भएपछि आँखाले नै धोका दिन्छ, देखिँदैन । दिन ढलेपछि छायाँले छोड्छ । जीवन एउटा वाक्य हो । जवानी डिक, वृद्ध कमा अनि मृत्यु फूलस्टप । झुटले सत्यलाई दुःख दिन त सक्छ तर परास्त गर्न सक्दैन । केराको पातजस्तो सपाट जीवन त किताबका अक्षरमा मात्र हुन्छ । पूर्णता खोज्ने हो, अन्ततः अपूर्णता स्वीकार्ने हो ।
आत्मविश्वासले सफलताको ग्यारेन्टी त गर्न सक्दैन तर सङ्घर्ष गर्ने प्रेरणा अवश्य दिन्छ । जन्म लिनु भाग्य हो । मृत्यु समय हो । मृत्युपछि अरुको मनमा जीवित रहनु कर्मको फल हो ।
बुद्धवाणी छ– ‘धान नबन चामल बन, धान बनेमा फेरि तिमीलाई यो दुःखरूपी हिलोमा रोप्ने छन् । चामल बने मुक्ति पाउने छौ ।’ मूल्य पानीको हैन, प्यासको हुन्छ । मूल्य मृत्युको नभई सासको हुन्छ । मूल्य प्रेमको नभएर विश्वासको हुन्छ ।
छाताले पानी त रोक्न सक्दैन । वर्षामा उभिने साहस दिन सक्छ । आत्मविश्वासले सफलताको ग्यारेन्टी त गर्न सक्दैन तर सङ्घर्ष गर्ने प्रेरणा अवश्य दिन्छ । जन्म लिनु भाग्य हो । मृत्यु समय हो । मृत्युपछि अरुको मनमा जीवित रहनु कर्मको फल हो ।
मानिस मिलन चाहन्छ, बिछोड छ । जन्ममा रमाउँछ तर जन्मसँगै मृत्यु टाँसिएर आउँछ । पुण्यको गाथा गाउँछ, पापले सँगसँगै गाँजिहाल्छ । पण्डितभन्दा वकिलको शुल्क महँगो छ । बजारमा सियोभन्दा कैँचीको मूल्य हजार गुना बढी छ । यहाँ, जुटाउने भन्दा फुटाउनेको शान बढी हुन्छ । सामाजिक सञ्जालको बाहुल्यपछि त झन् मानिस विवेक शून्य रोबर्ट बन्दैछ । एक रुपियाँको माल बोकेर मानिस सामाजिक सञ्जालमा करोडौँको दलालीमा समय खर्चिन व्यस्त छ । मेहनतभन्दा मानिस चटकीको उपलब्धीमा रमाएको छ ।
मुखबाट बोली निकाल्नुअघि एकपटक सोच्नुस् । लेख्नुअघि दुईपल्ट सोच्नुस् । केही काम गर्नुअघि तीनपल्ट सोच्नुस् । सधैँ हेक्का राख्नुस्– घमण्डले मान्छे फुल्न सक्ला तर फैलिन सक्दैन ।
मुखबाट बोली निकाल्नुअघि एकपटक सोच्नुस् । लेख्नुअघि दुईपल्ट सोच्नुस् । केही काम गर्नुअघि तीनपल्ट सोच्नुस् । सधैँ हेक्का राख्नुस्– घमण्डले मान्छे फुल्न सक्ला तर फैलिन सक्दैन । जो मान्छेसँग धनबाहेक अरु केही छैन नि, त्यो भन्दा महादरिद्र संसारमा अरु कोही हुँदैन । कन्जुसलाई दानी मन पर्दैन । लोभी मगन्तेसँग डाढ गर्छ । रूपवानका लागि बुढ्यौली शत्रु सावित हुन्छ । व्यभिचारी महिलालाई पति मन पर्दैन । गरिबलाई धनी मन पर्दैन । तर जसको मन शोकले व्याकुल छ नि उसलाई केही मन पर्दैन ।
मन्त्रको जप गर्ने काम भक्तको हो, तर गन्ने काम भगवानको । प्रेम, धन र जवानीका अगाडि मानिस वफादार हुँदैन । यसरी नकमाउनु कि पाप होस् । यसरी खर्च नगर्नुको ऋण लागोस् । यसरी नखानु कि अपच होस् । यसरी नहिँड्नु कि पुग्न ढिलो होस् ।
गाई विभिन्न रङ्गका भएपनि दूध सेतै हुन्छ । अलग अलग धर्मको शैली अलग भएपनि आखिर त्यसको निष्कर्ष एउटै हुन्छ– मानिसले शुभकर्म गर्नुपर्छ । शास्त्र भन्छ– सधैँ एक पन्थ, एक ग्रन्थ र एक सन्तको बाटो अपनाउ । हाँसेर गरेको पापको सजाय रोएर भोग्नुपर्छ । जसरी हातले बाँधेको गाँठो दाँतले टोकेर फुकाउनुपर्छ । दिनेको हात कहिल्यै खाली हुँदैन तर माग्नेको पेट कहिल्यै भरिँदैन ।
आजकल पद र पैसाका लागि मानिसको भागदौड छ । तर शान्ति उसले पाएको छैन । किनभने शान्ति सम्पन्नतामा हुँदैन । शान्ति पाउन चार गुणको विकास गर्नुपर्छ– स्वयंसँग मैत्री, करुणा, प्रसन्नता र कृतज्ञता । ज्येष्ठ बन्न सजिलो छ तर श्रेष्ठ बन्न कठिन । श्रेष्ठ बन्न दृष्टिकोण बदल्नुपर्छ ।
घरमा अन्न हुनेलाई भन्दा नहुनेलाई बढी भोक लाग्छ । पत्याउनुहुन्छ ? निक्कै विलासी भनिएको देश बेलायतका विद्यार्थीहरू सानो भन्दा सानो विषयमा पनि अज्ञानी ठहरिए । भर्खरै गरिएको एक अनुसन्धान अनुसार बेलायतका १० जनामा एकजनालाई गोलभेँडा बोटमा फल्छ भन्ने पत्तै छैन । उनीहरूको बुझाइमा यो माटोमुनि फल्छ ।
नम्रता विनाको विद्या काम छैन । सहयोग विनाको हात काम छैन । स्वार्थले भरिएको प्रेम काम छैन । होस विनाको जोस काम छैन । पापसँगैको धर्म काम छैन । परोपकारविनाको जीवन काम छैन ।
एक तिहाइ प्राथमिक विद्यालयका विद्यार्थीहरू भन्छन्– चीज रुखमा फल्छ । १८ प्रतिशत साना विद्यार्थी माछाबाट बनाइने फिस फिंगर कुखुराको मासुबाट बनेको ठान्छन् । के यसो भन्दैमा लोकतन्त्रको जननी बेलायतलाई दुत्कार्न मिल्छ ? अहँ मिल्दैन । भनिन्छ– उपयोग विनाको धन काम छैन । नम्रता विनाको विद्या काम छैन । सहयोग विनाको हात काम छैन । स्वार्थले भरिएको प्रेम काम छैन । होस विनाको जोस काम छैन । पापसँगैको धर्म काम छैन । परोपकारविनाको जीवन काम छैन । योग्यता भएको मानिस कहिलेकाहीँ इमानदार हुँदैन ।
एउटा अमेरिकी र एउटा जापानी जुत्ताका एजेन्ट एउटै जहाज चढेर अफ्रिका गए । उनीहरूसँगै उत्रिए । एउटै होटलमा बसे । अमेरिकी कम्पनीका एजेन्टले आफ्नो कम्पनीमा फोन गरेर भन्यो– ‘यहाँ सबै खाली खुट्टा हिँड्दा रहेछन् । कसैको जुत्ता किन्ने ल्याकत रहेनछ । त्यसैले म फिर्ता आउँदैछु ।’ तर जापानी कम्पनीको एजेन्टले खबर पठाएछ– ‘यहाँ जुत्ता व्यापारको सम्भावना शतप्रतिशत रहेछ । एक लाख जोर जुत्ता तत्काल पठाउनू ।’
आशावादी मानिसले जहाज बनाउँछ, निराशावादीले प्यारासुट बनाउँछ । यी दुवै नगर्ने मानिस जमिनमा बसेर आलोचना गरेर बस्छ ।
हेर्नुस् त एउटा बजार पायो । एउटाले गुमायो । जो मानिस स्वर्ग जाने नाममा हुटहुटिएको हुन्छ, उसैले पृथ्वीलाई बिगारेको हो । एउटा कवितालाई तोडियो भने शब्द मिल्छ, काव्य मिल्दैन । एउटा मानिसलाई काटेर हेरियो भने के हुन्छ ? एउटा राम्रो चित्रलाई २, ४ रुपैयाँको रङ्ग र कुचीको रूपमा परिभाषित गरियो भने के हात लाग्छ ? मूर्ति, फूल तोडियो भने के हुन्छ ? आशावादी मानिसले जहाज बनाउँछ, निराशावादीले प्यारासुट बनाउँछ । यी दुवै नगर्ने मानिस जमिनमा बसेर आलोचना गरेर बस्छ ।













प्रतिक्रिया