सांसदहरूलाई रास्वपाको निर्देशन : आफूलाई माननीय नभन्‍नू, कागजातमा पनि नलेख्नू « Khabarhub

सांसदहरूलाई रास्वपाको निर्देशन : आफूलाई माननीय नभन्‍नू, कागजातमा पनि नलेख्नू


१६ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सबै सांसदहरूलाई कुनै पनि कागजातमा माननीय भनेर सम्बोधन नगर्न निर्देशन दिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको बुधबार बसेको संसदीय दलको बैठकमा सांसदहरूलाई यस्तो निर्देशन दिइएको हो ।

‘रास्वपाका सबै सांसदहरूको लेटर हेड र कार्ड लगायत कागजातमा एक रूपता अपनाउन निर्देशन जारी भएको छ’, एक सांसदले भने, ‘आफ्नो कुनै कागजातमा माननीय सम्बोधन नगर्नसमेत निर्देशन दलको कार्यालयबाट आएको छ।’

बैठकमा सभापति रवि लामिछानेले अझै धेरै कुरा सिक्न बाँकी रहेको बताउँदै सल्लाहकारहरूको अभ्यास गरेर उनीहरूबाट सुझाव लिन पनि उल्लेख गरेका छन्।

‘हामीले धेरै कुराहरू सिक्न बाँकी छ । तसर्थ सबै सांसदहरूलाई मेन्टर र सल्लाहकारहरूको अभ्यास गर्न र सकेजति सल्लाह र सुझाव लिन भनिएको छ’, रविको निर्देशनबारे ती सांसदले भने ।

रास्वपाले पछिल्लो समय ओखलढुंगाका सांसद विश्वराज पोखरेलसहितले आफूलाई माननीयका रुपमा प्रस्तुत गर्दै विवादमा तानिएपछि यस्तो कदम चालेको हो ।

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  १२ : ४१ बजे

मनिष झाको कटाक्ष : हिजो उम्मेदवारी दिने, आज फिर्ता लिने, यस्तो आलोकाँचो राजनीति नगर्नू

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले सशक्त राजनीति गर्ने

विपिनलाई सघाउँदै रञ्जुले पनि फिर्ता लिइन् उम्मेदवारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी नेत्री रञ्जु दर्सनाले पनि उम्मेदवारी फिर्ता

रास्वपा महाधिवेशनमा रमेश प्रसाईंले नचाए सांसददेखि मन्त्रीलाई

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा राजनीतिक गतिविधिसँगै

पिँडालुखेतीबाट सन्तुष्ट बाँकेका किसान

बाँके– डुडुवा गाउँपालिका–६ बल्दीपुरुवाका नन्दराम मौरियाले व्यावसायिक रूपमा पिँडालुखेती गर्दै आएका

गणेश पराजुलीको टिप्पणी : साथीहरूले आफ्नो रुप र चरित्र देखाउनु भयो

काठमाडौं- महामन्त्री पदका लागि विपिन आचार्यलाई समर्थन गरेका नेता गणेश