संविधान र लोकतान्त्रिक मूल्यको मार्गदर्शनमा अघि बढ्न सरकारलाई विष्णु पौडेलको सुझाव  « Khabarhub

संविधान र लोकतान्त्रिक मूल्यको मार्गदर्शनमा अघि बढ्न सरकारलाई विष्णु पौडेलको सुझाव 


१६ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संविधान र लोकतान्त्रिक मूल्यको मार्गदर्शनमा अघि बढ्न सरकारलाई सुझाव दिएका छन् ।  

बुधबार काठमाडौंमा आयोजित २७ औँ यदु स्मृति दिवस तथा २४ औँ यदु स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा पौडेलले वर्तमान सरकार संविधान र लोकतान्त्रिक मूल्यमान्यता बिपरित अघि बढ्न खाजेको भन्दै संवैधानिक मार्गदर्शन अनुसार अघि बढ्न सुझाव दिएका हुन् ।

उनले ट्रेड युनियन अधिकार र विद्यार्थीहरूको संगठित हुन पाउने अधिकारलाई नजरअन्दाज गर्ने खालका बिषयमा एमालेको ध्यान गएको समेत बताए । अहिले अध्यादेशको सिलसिला सुरु भएको भन्दै पौडेलले संसदबाट कानुन निर्माण गर्ने बाटो तर्फ अघि बढ्न समेत सरकारलाई सुझाव दिए ।

उनले नेपालमा अहिले कम्युनिष्ट आन्दोलनले ठूलो धक्का व्यहोर्नु परेको उल्लेख गर्दै आफ्ना भूलत्रुटिहरू स्वीकार गर्दै त्यसलाई सच्चाउदै आन्दोलन पुनर्गठन गरिने धारणा राखे । 

नेपालको कम्युनिस्ट आन्दोलन नयाँ शिरमा अगाडि बढाउँदै एमालेलाई लोकतान्त्रिक, क्रान्तिकारी र देशभक्त शक्तिको रुपमा स्थापीत गर्ने उनको भनाइ छ ।

कार्यक्रममा २४ औँ यदु स्मृति पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनका पत्रकार धनवीर दाहाललाई प्रदान गरिएको छ । पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  १ : ४७ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली