गाजामा सहायता प्रवाह अनुमति दिन इजरायललाई राष्ट्रसङ्घको आह्वान « Khabarhub

गाजामा सहायता प्रवाह अनुमति दिन इजरायललाई राष्ट्रसङ्घको आह्वान


१६ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त थमीन अल खितानले इजरायललाई  आधारभूत जीवन यापनका लागि अत्यावश्यक वस्तुहरूमा लगाइएका प्रतिबन्धहरू हटाइ गाजा पट्टीमा मानवीय सहायताको प्रवेशलाई अनुमति दिन आह्वान गरेका छन् ।

जेनेभामा आयोजित संयुक्त राष्ट्रसङ्घको साप्ताहिक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रवक्ता अल खितानले यस्तो अपिल गरेका हुन् । 

प्रवक्ता अल खितानले इजरायललाई गाजामा प्यालेस्टिनीहरूको आधारभूत आवश्यकताहरू पूरा गर्न र मानवीय सहायताको प्रवेश र प्रवाहमा लगाएका सबै प्रतिबन्धहरू हटाई सुरक्षा सुनिश्चित गर्न सुझाव दिएका छन् । 

लामो समयको निरन्तरको द्वन्द्वले स्वच्छ पिउने पानी, खाना, खाना पकाउने ग्यास लगायतका अतिआवश्यक आपूर्तिको तीव्र अभावलाई औंल्याउँदै गाजाको अवस्था निकै गम्भीर रहेको उनले बताएका छन् ।

सन् २०२५ अक्टोबर देखि गाजामा युद्धविराम भएता पनि, यस क्षेत्रले कडा नाकाबंदी साथसाथै दैनिक इजरायली आक्रमणको सामना गरिरहेको छ जसको परिणामस्वरूप हजारौं नागरिक हताहत भएको जनाइएको छ । 

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  १ : २० बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली