रिमालको जेन-जी कवितासङ्ग्रह ‘लाभा’ सार्वजनिक « Khabarhub

रिमालको जेन-जी कवितासङ्ग्रह ‘लाभा’ सार्वजनिक


१६ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा लेखिएको जेन-जी आन्दोलनमा केन्द्रित कवितासङ्ग्रह लाभा सार्वजनिक भएको छ।

गत भदौमा नेपालमा विकसित भएको जेन-जी आन्दोलनलाई आधार बनाएर तयार पारिएको उक्त कृति विश्वभरका स्वप्नशील, साहसी र सिर्जनशील नवपुस्ताप्रति समर्पित रहेको जनाइएको छ। पुस्तकका प्रकाशकका रूपमा रचनाकारकी ९२ वर्षीया आमा चेतकुमारी रहेकी छन् ।

कृतिमा २३ वटा कविता तथा पुस्तकको आवरणमा एक गरी कुल २४ कविता समावेश गरिएको छ। यी सङ्ख्याले भदौ २३ र २४ गतेलाई संकेत गर्ने बताइएको छ, जुन दिन नेपालमा जेन-जी आन्दोलन भौतिक रूपमा सुरु भई उत्कर्षमा पुगेको थियो।

‘आगो’, ‘खरानी’, ‘डेलुलु’, ‘कैलदेवी’, ‘जेन-जी जुत्ता’, ‘मुस्कान खातुन’, ‘थुक्तेन’, ‘सेप्टेम्बर ८’, ‘भदौ २३’ लगायत शीर्षकका कवितामार्फत नवपुस्ताको आशा, आकाङ्क्षा, मुलुकमा देखिएको कुशासन, बेथिति, भ्रष्टाचार, राजनीतिक दल र तिनका नेतृत्वप्रतिको आलोचना तथा जेन-जी सहिदका भावनालाई अभिव्यक्त गरिएको छ। कृतिमा विश्वबोधसमेत झल्किने उल्लेख गरिएको छ।

निराश युवाहरूको आक्रोश ज्वालामुखीझैँ विस्फोट हुँदा देखिएको सामाजिक मनोदशालाई ‘लाभा’मार्फत प्रतिनिधित्व गरिएको र जेन्जी आन्दोलनसँग सम्बन्धित सम्भवतः पहिलो नेपाली कवितासङ्ग्रहका रूपमा यसलाई लिइएको छ।

गीत, मुक्तक, हाइकु, कथा तथा धारावाहिक उपन्यासमा समेत सक्रिय रिमालका यसअघि ‘एउटा काँढा बिझ्दा’ (गीतसङ्ग्रह), ‘त्रिशूलीको किनाराबाट’, ‘बारपाक’ कम्पकाव्य, ‘नदी बग्दैन’, ‘चमेरो’ र ‘हिमाल त कालै भएछ’ लगायत कृतिहरू प्रकाशित भइसकेका छन्। हाल उनी विभिन्न समयमा लेखिएका निबन्धहरूको सङ्ग्रह प्रकाशनको तयारीमा रहेको जनाइएको छ।

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  १ : ३३ बजे

परराष्ट्रमन्त्री खनालसँग ब्रुनाईकी नवनियुक्त गैरआवासीय राजदूत जैनीको भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि ब्रुनाई दरुसलामकी नवनियुक्त गैरआवासीय राजदूत

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र