सेनाको जवाफ : सुकुम्वासीको तथ्यांक उद्धार, राहत र पुनर्स्थापनाका लागि मागिएको हो « Khabarhub

सेनाको जवाफ : सुकुम्वासीको तथ्यांक उद्धार, राहत र पुनर्स्थापनाका लागि मागिएको हो


१६ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले मनसुन नजिकिँदै गर्दा सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारीलाई तीव्र बनाएको जनाएको छ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डाकाअनुसार विगतका विपद्का घटनालाई मध्यनजर गर्दै बाढी, पहिरो, डुबान र नदी कटानबाट हुन सक्ने क्षतिलाई न्यून गर्न योजना निर्माण तथा तयारी अघि बढाइएको छ। यसका लागि सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्य भइरहेको सेनाले जनाएको छ।

सेनाले सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा आएको ‘सुकुम्वासीहरूको विवरण माग’ सम्बन्धी खबरप्रति पनि स्पष्टीकरण दिइएको छ।

सेनाका अनुसार उक्त कार्य विपद्‌को समयमा उद्धार, राहत वितरण र पुनर्स्थापनालाई प्रभावकारी बनाउन सम्भावित जोखिमको नक्साङ्कन (हाजार्ड म्यापिङ) तथा तथ्याङ्क अद्यावधिकका लागि गरिएको हो।

स्थानीय युनिटहरूलाई आ–आफ्नो कार्यक्षेत्रमा सम्भावित विपद्‌को पूर्वआकलन गर्दै आवश्यक सुरक्षा फौज परिचालनका लागि तयारी अवस्थामा राखिएको समेत जनाइएको छ।

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  २ : ५० बजे

साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु: कामदारको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ – साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण: सिंचाइमा सहज

तुलसीपुर – दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा

बाढी र पहिरोले गोरखा–धादिङ सडक पूर्ण अवरुद्ध, बेनी–जोमसोम र कर्णाली राजमार्ग एकतर्फी

काठमाडौँ – बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग

जाभी रोड्रिग्वेजको दुई गोलमा सेल्टा भिगोको पुनरागमन जित

काठमाडौँ – स्पेनिस क्लब सेल्टा भिगोसँग पुनरागमन पराजय व्यहोरेपछि स्कटिस

ह्यारी ब्रुकले बनाए ऐतिहासिक दोहोरो शतक: क्रिस गेलको दुर्लभ कीर्तिमानमा गरे बराबरी

काठमाडौँ – इङ्गल्यान्डका कप्तान ह्यारी ब्रुकले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा