सेनाको जवाफ : सुकुम्वासीको तथ्यांक उद्धार, राहत र पुनर्स्थापनाका लागि मागिएको हो « Khabarhub

सेनाको जवाफ : सुकुम्वासीको तथ्यांक उद्धार, राहत र पुनर्स्थापनाका लागि मागिएको हो


१६ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले मनसुन नजिकिँदै गर्दा सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारीलाई तीव्र बनाएको जनाएको छ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डाकाअनुसार विगतका विपद्का घटनालाई मध्यनजर गर्दै बाढी, पहिरो, डुबान र नदी कटानबाट हुन सक्ने क्षतिलाई न्यून गर्न योजना निर्माण तथा तयारी अघि बढाइएको छ। यसका लागि सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्य भइरहेको सेनाले जनाएको छ।

सेनाले सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा आएको ‘सुकुम्वासीहरूको विवरण माग’ सम्बन्धी खबरप्रति पनि स्पष्टीकरण दिइएको छ।

सेनाका अनुसार उक्त कार्य विपद्‌को समयमा उद्धार, राहत वितरण र पुनर्स्थापनालाई प्रभावकारी बनाउन सम्भावित जोखिमको नक्साङ्कन (हाजार्ड म्यापिङ) तथा तथ्याङ्क अद्यावधिकका लागि गरिएको हो।

स्थानीय युनिटहरूलाई आ–आफ्नो कार्यक्षेत्रमा सम्भावित विपद्‌को पूर्वआकलन गर्दै आवश्यक सुरक्षा फौज परिचालनका लागि तयारी अवस्थामा राखिएको समेत जनाइएको छ।

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  २ : ५० बजे

गृहमन्त्रीलाई महरले भने- सिलिन्डर बोकेर भाइरल हुन उद्धारमा डिस्टर्ब नगर्नुस्

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गृहमन्त्री सुधन गुरुङलाई उद्धार अभियानको

माथिल्लो त्रिशूली-१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र

रसुवा– भोटेकोशी बाढीपछि जिल्लाका विभिन्न जलविद्युत् आयोजनाको सुरुङ इलाकामा फसेका

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएकालाई आर्मी अस्पताल छाउनी ल्याइयो (तस्बिरहरू) 

काठमाडौं– त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि दुई जनालाई जीवित

कृष्णभीरमा ट्रयाक खोल्न थालियो

चितवन– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्रयाक खोल्ने काम आज

जाइरोङ नाकामा खोज–उद्धार जारी

बेइजिङ– नेपालको लाङटाङ लिरुङ हिमालमा हिमनदीको ठूलो भाग खसेपछि आएको