जनअपेक्षा अनुसार काम गर्न अध्यादेश आवश्यक : महामन्त्री बुर्लाकोटी « Khabarhub

जनअपेक्षा अनुसार काम गर्न अध्यादेश आवश्यक : महामन्त्री बुर्लाकोटी


१६ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले सरकारले छिटो काम गर्नका लागि अध्यादेश ल्याएको बताएका छन्। 

विपक्षी दलले अध्यादेशको चौतर्फी विरोध गरेपछि डाकिएको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै बुर्लाकोटीले प्रक्रियागत लामो अभ्यास गर्नुपर्ने कारण छरितो ढङ्गबाट अध्यादेश ल्याइएको बताए। 

‘यो अध्यादेश आम नागरिकको म्यान्डेट अनुसार छिटो काम गर्नको लागि हो। हाम्रो कानुनको झमेलाको दृष्टिकोणबाट हेर्दा ३-४ महिना जति न्यूनतम पनि लाग्ने खालका छन्।’ बुर्लाकटीले भने, ‘प्रक्रियागत एउटा लामो अभ्यास गर्नुपर्ने कुराहरू छ। त्यसैले ल्याइएको हो।’

उनले विगतमा सरकारले दल फुटाउने तरिकाले अध्यादेश ल्याउने गरेको परम्परामा राष्ट्रिय स्वतन्त्र पार्टीले कानुन नीति नियम उल्लङ्घन नगरी नागरिकलाई सेवा प्रवाहमा छरितो होस् भन्ने हिसाबले अध्यादेश ल्याएको दाबी गरे । 

धेरै कुराहरूमा सरकार सञ्चालन छरितो बनाउनुपर्ने भएकाले कुरेर बस्न नसकिने बुर्लाकोटीको भनाइ छ। 

‘कैयौँ संवैधानिक आयोग, नियोगमा खाली स्थानहरू छन्, महत्त्वपूर्ण निर्णयहरू लिन व्यवहारिक कठिनाइ हुँदै छ, वा कार्यवाहकले सम्झौता गरेर चलाउन बाध्य छन्।’ उनले भने,  ‘धेरै कुरामा समय कुरेर मात्र बसिरहन सकिँदैन। जनअपेक्षा अनुसार काम गर्न केही सक्रियता र नम्र राजनीतिक आक्रामकता देखाउन आवश्यक छ।’

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  ३ : २४ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली