जनअपेक्षा अनुसार काम गर्न अध्यादेश आवश्यक : महामन्त्री बुर्लाकोटी « Khabarhub

जनअपेक्षा अनुसार काम गर्न अध्यादेश आवश्यक : महामन्त्री बुर्लाकोटी


१६ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले सरकारले छिटो काम गर्नका लागि अध्यादेश ल्याएको बताएका छन्। 

विपक्षी दलले अध्यादेशको चौतर्फी विरोध गरेपछि डाकिएको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै बुर्लाकोटीले प्रक्रियागत लामो अभ्यास गर्नुपर्ने कारण छरितो ढङ्गबाट अध्यादेश ल्याइएको बताए। 

‘यो अध्यादेश आम नागरिकको म्यान्डेट अनुसार छिटो काम गर्नको लागि हो। हाम्रो कानुनको झमेलाको दृष्टिकोणबाट हेर्दा ३-४ महिना जति न्यूनतम पनि लाग्ने खालका छन्।’ बुर्लाकटीले भने, ‘प्रक्रियागत एउटा लामो अभ्यास गर्नुपर्ने कुराहरू छ। त्यसैले ल्याइएको हो।’

उनले विगतमा सरकारले दल फुटाउने तरिकाले अध्यादेश ल्याउने गरेको परम्परामा राष्ट्रिय स्वतन्त्र पार्टीले कानुन नीति नियम उल्लङ्घन नगरी नागरिकलाई सेवा प्रवाहमा छरितो होस् भन्ने हिसाबले अध्यादेश ल्याएको दाबी गरे । 

धेरै कुराहरूमा सरकार सञ्चालन छरितो बनाउनुपर्ने भएकाले कुरेर बस्न नसकिने बुर्लाकोटीको भनाइ छ। 

‘कैयौँ संवैधानिक आयोग, नियोगमा खाली स्थानहरू छन्, महत्त्वपूर्ण निर्णयहरू लिन व्यवहारिक कठिनाइ हुँदै छ, वा कार्यवाहकले सम्झौता गरेर चलाउन बाध्य छन्।’ उनले भने,  ‘धेरै कुरामा समय कुरेर मात्र बसिरहन सकिँदैन। जनअपेक्षा अनुसार काम गर्न केही सक्रियता र नम्र राजनीतिक आक्रामकता देखाउन आवश्यक छ।’

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  ३ : २४ बजे

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

काठमाडौं- पशुसेवा विभागले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण

सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं– सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन भएको

इरानमा कडा अनुगमन आवश्यक : आईएईए

तेहरान- मध्यपूर्व युद्धपछि इरानको आणविक कार्यक्रममाथि कडा अन्तर्राष्ट्रिय निगरानी आवश्यक

हिजबुल्लाहको दाबी : शान्ति सम्झौता अमेरिका र इजरायलको हार

बेरुत- हिजबुल्लाहका प्रमुख नईम कासिमले इरान दृढतापूर्वक अडिग रहेर अन्ततः

भारतमा मन्दिरबाट चोरी र प्रसादको दुरुपयोग गरेको आरोपमा आठजना पक्राउ

लखनऊ– भारतीय प्रहरीले उत्तर प्रदेश राज्यको राम मन्दिरमा  चोरी र