घरबारविहीनको जिम्मा सरकारले लिन्छ : सभापति लामिछाने « Khabarhub

घरबारविहीनको जिम्मा सरकारले लिन्छ : सभापति लामिछाने


१६ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले घरबारविहीन नागरिकको उचित व्यवस्थापनको जिम्मा सरकारले लिने बताएका छन् । 

आज सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको अनौपचारिक बैठकमा उनले जोखिमयुक्त क्षेत्रको बस्ती व्यवस्थापनका क्रममा सरकारले कसैलाई घरबारविहीन नबनाउने बताए ।
 
‘जोखिमपूर्ण स्थानमा रहेका सुकुम्बासीलाई पटकपटक सूचना दिएर सुरक्षित स्थानमा सरल तरिकाले सारिएको छ’, सभापति लामिछानेको भनाइ उद्धृत गर्दै रास्वपाका प्रवक्ता मनिष झाले भने, ‘ढल र बाढीको छेउमा बस्न बाध्य नागरिकको सुरक्षित बासस्थानबारे चिन्ता छ र सबैको भविष्यबारे चिन्ता गर्नु यो सरकारको कर्तव्य हो ।’
 
सभापति लामिछानेले देशैभरि अव्यवस्थित बसोबाससम्बन्धी समस्यालाई एक विशेष आयोग बनाएर शीघ्र सम्बोधन गरिने बताए । 

‘सरकारले कोही सुकुम्बासीलाई घरबारविहीन हुन दिने छैन, आवश्यक समन्वयका लागि सुझाव स्वागत योग्य छ’, उनले भने, ‘तर, अनावश्यक राजनीतिकरण गर्नुहुँदैन । कसैलाई बाढीको जोखिम र ढलको छेउ बस्न बाध्य बनाएर ‘भोट बैंक’ को राजनीति गर्नु गलत हो ।’

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  ४ : ०८ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्