काठमाडौंमा ‘शिक्षामा सीप स्केचिङ एण्ड स्कल्पचर प्रदर्शनी २०२६’ सुरु « Khabarhub

काठमाडौंमा ‘शिक्षामा सीप स्केचिङ एण्ड स्कल्पचर प्रदर्शनी २०२६’ सुरु


१६ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘शिक्षामा सीप स्केचिङ एण्ड स्कल्पचर प्रदर्शनी २०२६’ सुरु भएको छ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र काठमाडौँ महानगरपालिकाको सहकार्यमा महानगरअन्तर्गतका सार्वजनिक विद्यालयमा सञ्चालित ‘शिक्षामा सीप’ कार्यक्रमअन्तर्गत स्केचिङ तथा स्कल्पचर मोड्युलमा सहभागी विद्यार्थीहरूले सिर्जना गरेका कलाकृतिहरू प्रदर्शनीमा राखिएका छन्।

प्रदर्शनीको उद्घाटन प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र काठमाडौँ महानगरपालिका शिक्षा विभाग प्रमुख नमराज ढकालले संयुक्त रूपमा गरे।

कार्यक्रममा कुलपति हार्तम्छालीले विद्यार्थीहरूमा देखिएको सिर्जनशील प्रतिभा प्रशंसनीय रहेको बताए । उनले पूर्व महानगरप्रमुख तथा हालका प्रधानमन्त्री बालेन शाह र कार्यवाहक नगरप्रमुख सुनिता डङ्गोलको अवधारणाबाट सुरु भएको यो कार्यक्रमले शिक्षा र सिर्जनात्मक गतिविधिलाई जोड्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।

कार्यक्रम संयोजक तथा प्रतिष्ठानका बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगङ्गा दर्शनधारीले ‘शिक्षामा सीप’ कार्यक्रम सुरुवातदेखि निरन्तर सुधार हुँदै आएको बताए।

त्यसैगरी, शिक्षा विभाग प्रमुख नमराज ढकालले प्रतिष्ठान र महानगरबीचको सहकार्यले विद्यार्थीहरूको सिर्जनात्मक क्षमता उजागर गर्न सहयोग पुगेको बताउँदै आगामी दिनमा कार्यक्रमलाई अझ प्रभावकारी बनाइने जानकारी दिए ।

प्रदर्शनीमा सहभागी विद्यार्थीहरूले तयार पारेका स्केचिङ र स्कल्पचरका विभिन्न कलाकृतिहरू प्रदर्शित छन्।

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  ४ : ५१ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई