‘दक्षिण सुडानमा ७८ लाख मानिस खाद्य असुरक्षाको जोखिममा’ « Khabarhub

‘दक्षिण सुडानमा ७८ लाख मानिस खाद्य असुरक्षाको जोखिममा’


१६ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– दक्षिण सुडानमा बढ्दो भोकमरी संकटका कारण सन् २०२६ अप्रिलदेखि जुलाईसम्म करिब ७८ लाख मानिस चरम खाद्य असुरक्षाको अवस्थामा पुग्ने चेतावनी अन्तर्राष्ट्रिय संस्थाहरूले दिएका छन्।

संयुक्त राष्ट्र सङ्घअन्तर्गत खाद्य तथा कृषि सङ्गठन (एफएओ), विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) र युनिसेफले सार्वजनिक गरेको पछिल्लो एकीकृत खाद्य सुरक्षा वर्गीकरण (आईपीसी) प्रतिवेदनमा दक्षिण सुडानको कुल जनसङ्ख्याको करिब ५६ प्रतिशत मानिस अहिले गम्भीर खाद्य असुरक्षाको जोखिममा रहेको उल्लेख गरिएको छ।

प्रतिवेदन अनुसार ७३ हजार ३०० जनाले “विनाशकारी” स्तरको भोकमरी संकटको सामना गरिरहेका छन्। साथै, यसअघि नै २५ लाखभन्दा बढी मानिस आपतकालीन खाद्य संकटमा र करिब ५३ लाख मानिस सङ्कटको अवस्थामा जीवनयापन गरिरहेको जनाइएको छ।

संयुक्त राष्ट्रका एजेन्सीहरूले यो अवस्था बढ्दो द्वन्द्व, ठूलो मात्रामा भएको विस्थापन, आर्थिक संकट, जलवायु परिवर्तन र कृषि उत्पादनमा आएको गिरावटका कारण झन् गम्भीर बन्दै गएको बताएका छन्।

आईपीसी रिपोर्ट संयुक्त राष्ट्रका विभिन्न एजेन्सीहरू, क्षेत्रीय साझेदारहरू र मानवीय सहायता संस्थाहरूको सहकार्यमा तयार पारिने विश्वव्यापी मूल्याङ्कन प्रणाली हो, जसले खाद्य असुरक्षालाई पाँच चरणमा वर्गीकरण गर्दै अध्ययन गर्ने गर्छ।

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  ५ : १८ बजे

प्रक्रिया सुरु नहुँदै रोकियो स्वास्थ्य निकायका रिक्त पदाधिकारीको नियुक्ति

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रका विभिन्न निकायहरूमा

वन डिभिजनद्वारा वातावरण दिवसका अवसरमा कपडाका झोला वितरण

नेपालगञ्ज– विश्व वातावरण दिवसका अवसरमा प्लास्टिकमुक्त अभियानअन्तर्गत एक हजार थान कपडाका

छानबिन समिति संयोजक भन्छन् : सुधनको सम्पत्ति भिड्यो कि भिडेन म अहिले भन्न सक्दिनँ

काठमाडौं- तत्कालीन गृहमन्त्री सुधन गुरुङको सम्पत्ति र शेयर कारोबारबारे छानबिन

विपन्न परिवारलाई नयाँ घर

भोजपुर– हतुवागढी गाउँपालिका–२ लुङ्गिनमा आर्थिक रुपमा विपन्न दलित समुदायका आठ

मगर खाम भाषामा पठनपाठन सुरु गर्दै रघुगङ्गा

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकामा मगर खाम भाषामा पठनपाठन सुरु भएको