अध्यादेशबारे रविले भने- विगतका गलत नियुक्ति सच्याउन ल्याएका हौँ « Khabarhub

अध्यादेशबारे रविले भने- विगतका गलत नियुक्ति सच्याउन ल्याएका हौँ


१६ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनअपेक्षा पूरा गर्न तथा आवश्यक सुधारका लागि सरकारले अध्यादेश सिफारिस गरेको बताएका छन् । 

बुधबार संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले कसैलाई दुःख दिन वा कसैलाई सुविधा दिन नभई आवश्यक सुधारका लागि सरकारले अध्यादेश ल्याएको बताएका हुन् ।

जनताले ठूलो अपेक्षाका साथै रास्वपालाई विजयी गराएको भन्दै जनताको अपेक्षा अनुसार छिटो काम गर्न सरकारले अध्यादेश ल्याएको उनको भनाइ छ ।

उनले विगतमा भएको अनावश्यक दलीयकरण र गलत नियुक्तिलाई सच्चाएर सक्षमहरूलाई नियुक्ति गर्नका लागि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको बताए । 

सभापति लामिछाने जोखिमयुक्त क्षेत्रको बस्ती व्यवस्थापनका क्रममा सरकारले सुकुम्वासी बस्ती हटाइएको भन्दै कसैलाई घरबारविहीन नबनाउने उल्लेख गरे । घरबारविहीन नागरिकको उचित व्यवस्थापनको जिम्मा सरकारले लिने उनको भनाइ छ ।

रास्वपा सभापति लामिछानेले निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि छानबिनको प्रक्रिया चाँडै सुरु हुने जानकारी दिए । रास्वपाले १०० दिनमा गर्नुपर्ने कामका विषयमा लामिछानेले जनतासँग गरिएका प्रतिबद्धता पुरा गर्ने गरी काम भइरहेको धारणा राखे ।

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  ५ : ५८ बजे

कालीकोटमा बजेट सार्वजनिक

मान्म– जिल्लाका सबै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का

मनिषलाई रोकेर रविकै निर्देशनमा विपिनलाई बनाउन खोजिएको थियो सर्वसम्मत महामन्त्री

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक नेता विपिन आचार्यलाई सभापति रवि

काठमाडौं महानगरद्वारा टेकु अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान 

काठमाडौं– काठमाडौं महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई १८

होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै प्रदर्शनमा उत्रिए सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं– वैकल्पिक व्यवस्था नगरी आफूहरूलाई होल्डिङ सेन्टरबाट हटाउन लागेको भन्दै

रास्वपा महाधिवेशन : ५० करोड रुपैयाँ भन्दा बढीको व्यापार

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन