निजी क्षेत्रलाई प्रोत्साहन र प्रवर्द्धन नगरे राष्ट्रिय पुँजीको विकास असम्भव : मुख्यमन्त्री कार्की « Khabarhub

निजी क्षेत्रलाई प्रोत्साहन र प्रवर्द्धन नगरे राष्ट्रिय पुँजीको विकास असम्भव : मुख्यमन्त्री कार्की


१६ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्कीले निजी क्षेत्रलाई प्रोत्साहन र प्रवर्द्धन नगरी राष्ट्रिय पुँजीको विकास सम्भव नहुने बताएका छन् । 

बुधबार विराटनगरमा विराट व्यापार संघको २६औँ साधारण सभा उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले निजी क्षेत्रलाई हतोत्साहित गर्ने कुनै पनि कार्यको प्रदेश सरकारले सधैँ विरोध गर्ने स्पष्ट पारे । 

उनले संविधान र कानुन विपरीत प्रतिशोध तथा पूर्वाग्रह राखेर काम नगर्न आग्रह गर्दै देशको समग्र विकास र समृद्धिका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे ।

पछिल्लो निर्वाचनपछि देशमा राजनीतिक स्थिरता कायम भएकाले अब आर्थिक समृद्धि हासिल गर्ने आधार तयार भएको उनको भनाइ छ । 

कार्यक्रममा सहभागी व्यवसायीहरूले अन्तर्राष्ट्रिय परिस्थितिका कारण व्यापार व्यवसाय कठिन अवस्थामा पुगेको उल्लेख गर्दै यस्तो बेला सरकारले निजी क्षेत्रलाई दबाबमा राख्नु उपयुक्त नहुने बताएका थिए । 

उनीहरूले खुला सिमानाका कारण बढ्दै गएको चोरी तस्करी नियन्त्रणका लागि सम्बन्धित निकाय थप संवेदनशील हुनुपर्ने माग पनि गरेका छन् । यसैबीच, विराट व्यापार संघको १३औँ अधिवेशनले प्रमोद अग्रवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  ६ : ०६ बजे

मनिष झाको कटाक्ष : हिजो उम्मेदवारी दिने, आज फिर्ता लिने, यस्तो आलोकाँचो राजनीति नगर्नू

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले सशक्त राजनीति गर्ने

विपिनलाई सघाउँदै रञ्जुले पनि फिर्ता लिइन् उम्मेदवारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी नेत्री रञ्जु दर्सनाले पनि उम्मेदवारी फिर्ता

रास्वपा महाधिवेशनमा रमेश प्रसाईंले नचाए सांसददेखि मन्त्रीलाई

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा राजनीतिक गतिविधिसँगै

पिँडालुखेतीबाट सन्तुष्ट बाँकेका किसान

बाँके– डुडुवा गाउँपालिका–६ बल्दीपुरुवाका नन्दराम मौरियाले व्यावसायिक रूपमा पिँडालुखेती गर्दै आएका

गणेश पराजुलीको टिप्पणी : साथीहरूले आफ्नो रुप र चरित्र देखाउनु भयो

काठमाडौं- महामन्त्री पदका लागि विपिन आचार्यलाई समर्थन गरेका नेता गणेश