निजी क्षेत्रलाई प्रोत्साहन र प्रवर्द्धन नगरे राष्ट्रिय पुँजीको विकास असम्भव : मुख्यमन्त्री कार्की « Khabarhub

निजी क्षेत्रलाई प्रोत्साहन र प्रवर्द्धन नगरे राष्ट्रिय पुँजीको विकास असम्भव : मुख्यमन्त्री कार्की


१६ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्कीले निजी क्षेत्रलाई प्रोत्साहन र प्रवर्द्धन नगरी राष्ट्रिय पुँजीको विकास सम्भव नहुने बताएका छन् । 

बुधबार विराटनगरमा विराट व्यापार संघको २६औँ साधारण सभा उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले निजी क्षेत्रलाई हतोत्साहित गर्ने कुनै पनि कार्यको प्रदेश सरकारले सधैँ विरोध गर्ने स्पष्ट पारे । 

उनले संविधान र कानुन विपरीत प्रतिशोध तथा पूर्वाग्रह राखेर काम नगर्न आग्रह गर्दै देशको समग्र विकास र समृद्धिका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे ।

पछिल्लो निर्वाचनपछि देशमा राजनीतिक स्थिरता कायम भएकाले अब आर्थिक समृद्धि हासिल गर्ने आधार तयार भएको उनको भनाइ छ । 

कार्यक्रममा सहभागी व्यवसायीहरूले अन्तर्राष्ट्रिय परिस्थितिका कारण व्यापार व्यवसाय कठिन अवस्थामा पुगेको उल्लेख गर्दै यस्तो बेला सरकारले निजी क्षेत्रलाई दबाबमा राख्नु उपयुक्त नहुने बताएका थिए । 

उनीहरूले खुला सिमानाका कारण बढ्दै गएको चोरी तस्करी नियन्त्रणका लागि सम्बन्धित निकाय थप संवेदनशील हुनुपर्ने माग पनि गरेका छन् । यसैबीच, विराट व्यापार संघको १३औँ अधिवेशनले प्रमोद अग्रवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  ६ : ०६ बजे

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार