याक तथा चौँरी महोत्सव सम्पन्न, रसुवाका किसान उत्साहित « Khabarhub

याक तथा चौँरी महोत्सव सम्पन्न, रसुवाका किसान उत्साहित


१६ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

रसुवा– रसुवाको आमाछोदिङ्मो गाउँपालिका–३ गतलाङस्थित पार्वती कुण्ड क्षेत्रमा पहिलो पटक आयोजना गरिएको याक तथा चौँरी महोत्सव सम्पन्न भएको छ। महोत्सवले स्थानीय किसानमा उत्साह थपेको छ।

चौँरीगाईपालन व्यवसायको प्रवर्द्धन गर्दै किसानको आयआर्जन वृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवले स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। महोत्सवमा चौँरीको दूध, चीज, दही, छुर्पीलगायत परिकारको प्रदर्शन तथा बिक्री गरिएको थियो।

वैशाख १३ देखि १५ गतेसम्म सञ्चालन भएको महोत्सवले उच्च हिमाली भेगमा आधारित पशुपालन व्यवसायलाई व्यावसायिक बनाउने लक्ष्य राखेको आयोजकले जनाएको छ। साथै, स्थानीय उत्पादनलाई बजारसँग जोड्ने र चरिचराउ क्षेत्र व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्य पनि महोत्सवको रहेको बताइएको छ।

गतलाङस्थित वाङ्चो माने र यार्चामाने वन उपभोक्ता समितिअन्तर्गतको जङ्गललाई व्यवस्थित चरन क्षेत्रका रूपमा विकास गर्न महोत्सवले प्रेरणा दिएको स्थानीयहरूको भनाइ छ।

गोसाइँकुण्ड गाउँपालिका–३ का वडाध्यक्ष सुरेन्द्र तामाङका अनुसार उक्त क्षेत्रमा चौँरीसँगै भेडाबाख्रापालनसमेत हुँदै आएको छ। महोत्सवमा भेडाको ऊनबाट उत्पादन हुने राडी, पाखी, गलैँचा, स्विटर, पटुका र टोपीजस्ता सामग्रीको बजारीकरणबारे जानकारीसमेत प्रदान गरिएको थियो।

स्थानीय परम्पराअनुसार हिउँदमा चौँरीगाईलाई बारीमा राख्ने र वर्षायाममा उच्च हिमाली क्षेत्रमा चराउने चलन अझै कायम छ। पशुहरूलाई वर्षायाममा करिब चार हजार मिटर उचाइसम्मको चरन क्षेत्रमा लैजाने गरिएको छ।

आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले पशुपालक किसानलाई आवश्यक प्रविधि, बजारीकरण र पूर्वाधार सहयोग उपलब्ध गराउन स्थानीय सरकार प्रतिबद्ध रहेको बताए। नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले वन संरक्षणसँगै पशुपालन व्यवसायलाई अघि बढाउनुपर्नेमा जोड दिए।

स्थानीय फुर्पु तामाङका अनुसार तीन दिनसम्म सञ्चालन भएको महोत्सवले किसानको आत्मविश्वास बढाउनुका साथै चौँरीपालन व्यवसायप्रति नयाँ पुस्ताको आकर्षणसमेत बढाएको छ।

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  ७ : ३४ बजे

अस्पतालमा भिडभाड गर्न, फोटो खिच्ने कार्य रोक्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थामा अनावश्यक भिडभाड

मनाङमा यार्सागुम्बा सङ्कलन सुरु

मनाङ – औषधीय जडीबुटी हिमाली जिल्ला मनाङको मुख्य आयस्रोत हो

खानेपानी डिभिजन कलैयाका तत्कालीन प्रमुखविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं- खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय

वाणिज्य बैंकले कृषिमा लगानी बढाउँदै

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकले प्राथमिकताका साथ कृषिमा लगानी बढाउँदै लगेको