काठमाडौँ उपत्यकामा भारी वर्षा : जेठ १८ गतेसम्म नै मौसम बदली रहने « Khabarhub

काठमाडौँ उपत्यकामा भारी वर्षा : जेठ १८ गतेसम्म नै मौसम बदली रहने


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बिहीबार राति काठमाडौँ उपत्यकामा छोटो समयमै भारी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागमा राति १० बजे ललितपुरको खुमल्टार वर्षा मापन केन्द्रमा रेकर्ड भएअनुसार तीन घण्टामै यहाँ ५७.६ मिलीमिटर वर्षा भएको हो ।

यस्तै काठमाडौँको कीर्तिपुरमा ३४.८ र पानीपोखरीमा ३१ मिलीमिटर वर्षा मापन भएको छ । सोही तीन घण्टामा सिन्धुपाल्चोकमा भने ७२ मिलीमिटरमाथि वर्षा भएको छ ।

यस्तै, पश्चिम नेपालका केही जिल्लामा पनि वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले तीन प्रणालीको प्रभाव अहिले नेपालमा रहेको र अबको केही दिन वर्षा र बदली हुने जानकारी दिएको छ । बदली बढेकाले तापक्रम घटेर शीतल महसुस भएको छ ।

विभागका सूचना अधिकारी दिनकर कायस्थले शुक्रबार पनि विभिन्न जिल्लामा वर्षा, हुरीबतास र चट्याङ पर्नसक्ने जानकारी दिए । जेठ १८ गतेसम्म नै मौसम बदली रहने बताइएको उनको भनाइ छ ।

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  ५ : ३३ बजे

कांग्रेस संस्थापन इतर समूहको बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक आज बस्दैछ ।

बगैँचामा लटरम्म स्याउ, किसानलाई बजारको चिन्ता

बझाङ–रोल परी सोह्र घर छ्या, त्यई परी घर छैनआलु राख्न्या

गौरीघाट क्षेत्रलाई मौलिक स्वरुप दिइँदै

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले गौरीघाट गुह्येश्वरी क्षेत्रमा ढुङ्गा छपाइ सुरु गरेको

फोहर बेचेर २७ लाख रुपैयाँ आम्दानी

तनहुँ– तनहुँको व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरेर एक वर्षमा

हुम्लाको चङ्खेलीले जुटायो बाढी पीडितलाई राहत

हुम्ला– भोटेकोशी बाढीबाट प्रभावित तथा विस्थापित नागरिकको राहत र पुनःस्थापनाका